काठमाडौं । ब्रेनिक्युब रिसर्च अर्गनाइजेसनले सनवे इन्टरनेशनल बिजनेस स्कुलको सहकार्यमा चौथौं नेपाल युवा विज्ञान सम्मेलन २०२१ आयोजना गर्ने भएको छ ।
‘ब्रिङ बेस्ट ब्रेन’ मुख्य थिमसहितको यो सम्मेलन पुस ३ र ४ गते सञ्चालन हुनेछ । दुई दिने यो सम्मेलनमा २२ वर्षभन्दा मुनिका विद्यार्थीहरूले सहभागी हुन पाउनेछन् ।
कार्यक्रमको पहिलो दिन अमिर खान अभिनित चलचित्र थ्री इडिएट्सका फुङ्सुक वाङ्डु चरित्रका रुपमा परिचित भारत लद्दाखका वैज्ञानिक सोनाम वाङचुकको समेत ‘भर्चुअल’ सहभागिता रहनेछ ।
सम्मेलनमा विभिन्न क्याटगोरीमा युवा वैज्ञानिकहरूलाई अवार्ड पनि प्रदान गरिनेछ ।
इन्टरनेसनल रिप्रिजेन्टेशन अवार्ड, पोटेन्सियल साइन्टिस्ट अवार्ड लगायत सहभागी छात्राहरूमध्ये एकलाई आफ्नो थेसिसको प्रोजेक्ट पुरा गर्न ‘वुमन रिसर्च ग्रान्ट’ प्रदान गरिने आयोजकले बताएको छ ।
सम्मेलनमा सहभागीमध्ये केही विद्यार्थी इन्टरनेसनल साइन्स फेयर एण्ड कम्पिटिसनको लागि छनौट गरिनेछ । सम्मेलनमा विभिन्न विषयमा पोस्टर प्रस्तुति, किनोट लेक्चर लगायत छलफलहरू हुनेछ ।
सम्मेलनले कृषि, वन, पशुपंक्षी, मत्स्य क्षेत्रसँगै अन्तरिक्ष, बायोलोजिकल साइन्स, केमिकल साइन्स, कम्प्युटर एण्ड इन्फरमेसन टेक्नोलोजी, भौगोलिक विज्ञान, सामाजिक विज्ञान अनुसन्धान, इन्जिनियरिङ, वातावरणिय विज्ञान, सार्वजनिक स्वास्थ्य, आईओटी, रोबोटिक्स, मटेरियल साइन्स, म्याथम्याटिक, फर्माटिकल साइन्स, फोरेन्सिक लगायतका विषयहरू समेट्ने छ ।