close

‘हाम्रो किबोर्ड’ एपको डाउनलोड १ करोड पुरा

टेकपाना टेकपाना

पुस ४, २०७८ २१:४८

‘हाम्रो किबोर्ड’ एपको डाउनलोड १ करोड पुरा

काठमाडौं । लोकप्रिय नेपाली किबोर्ड एप हाम्रो किबोर्ड गुगल प्ले स्टाेरमा एक करोडभन्दा बढी डाउनलाेड भएकाे छ । सन् २०१४ मा हाम्रोपात्रो इंकले सुरु गरेको यो एपले हालै एन्ड्राेइडमा एक करोड डाउनलाेड संख्या पार गरेको हो ।

योसँगै हाम्रो पात्रोका दुई एन्ड्रोइड एप करोडकाे संख्यामा डाउनलोड हुने सूचीमा परेका छन् । यसअघि हाम्रोपात्रो एपले यो सफलता पाइसकेको छ ।

एन्ड्रोइड फोनमा नेपालीमा टाइप गर्ने सजिलो तरिका नहुँदा प्रयोगकर्ताले हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थाहा पाएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले बताए ।

‘आज यो एप हाम्रो आफ्नै भाषामा टाइप गर्न एक करोड बढी नेपालीले डाउनलोड गरेका छन् । यो हाम्रो टोलीका सदस्यहरूको कडा परिश्रम र प्रयोगकर्ताहरूको विश्वास र समर्थनका कारण सम्भव भएको हो,’ उप्रेतीले फेसबुक पोस्टमा भने ।

नेपाली जीवनलाई सहज बनाउने उत्पादन निर्माण गर्न हाम्रोपात्रो प्रतिबद्ध रहेको समेत उनले उल्लेख गरेका छन् ।

यो पनि पढ्नुहोस्: हाम्रो पात्रोदेखि सिलिकन भ्यालीसम्म : शंकर उप्रेती

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२