काठमाडाैं । नयाँ सामसङ फोन किन्दै हुनुहुन्छ ? पुरानो फोनको डेटा नयाँ सामसङ फोनमा कसरी गर्ने भनेर साेच्दै हुनुहुन्छ भने याे लेख उपयाेगी हुनेछ ।
खासगरी पुरानो फोनमा रहेको फोटो, भिडिओ, कन्ट्याक्ट, म्यासेजलगायतका सबै डेटा नयाँ सामसङ फोनमा ट्रान्सफर गर्नुपर्ने हुन्छ । यसका लागि सामसङ स्मार्ट स्वीचले निकै सहज बनाएको छ ।
यसरी गर्नुहोस् डेटा ट्रान्सफर
पहिले पुरानो फोन र नयाँ फोन दुवैमा स्मार्ट स्वीच एप इन्स्टल गर्नुहोस् ।
इन्स्टल भइसकेपछि दुवै फोन बढीमा ४ इन्चको दूरीमा राख्नुहोस् ।
दुवै फोनमा स्मार्ट स्वीच एप लन्च गर्नुहोस् । पुरानो फोनमा ‘सेन्ड डेटा’ अनि नयाँ फोनमा ‘रिसिभ डेटा’ ट्याप गर्नुहोस् । नयाँ सामसङ फोनमा पुरानो एण्ड्रोइड फोनको मोडल सेलेक्ट गर्नुपर्ने हुनसक्छ ।
त्यसपछि पुरानो एन्ड्राेइड फोनमा ‘अलाउ’ ट्याप गरेर कनेक्सन पुरा गर्नुहोस् । नयाँ फोनमा ट्रान्सफर गराउन चाहेको कन्टेन्ट सेलेक्ट गरी ‘ट्रान्सफर’ मा ट्याप गर्नुहोस् ।
ट्रान्सफर पुरा भइसकेपछि नयाँ फोनमा ‘क्लोज’ ट्याप गर्नुहोस् । यति गरिसकेपछि पुरानो एण्ड्रोइड फोनबाट नयाँ सामसङ फोनमा सबै डेटा स्वीच हुन्छ ।