काठमाडौं । जारी पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२१ मा नेपाली टोली डीआरएस गेमिङ लिग फाइनलमा पुग्न सफल भएको छ ।
तेस्रो विकेन्डको विकडेजमा राम्रो अंक ल्याउन नसकेपछि डीआरएसले सुपर विकेन्डको खेल खेल्न पाएको थिएन । तेस्रो सुपर विकेन्डमा सहभागी हुन नपाउँदा पनि टोली आफ्नो पछिल्लो दुई सुपरविकेन्डमा प्राप्त अंकका आधारमा लिग फाइनलमा छनौट भएको हो ।
पहिलो विकेन्डमा १३४ र दोस्रो विकेन्डमा ८४ अंक गरी कूल २१८ अंकसहित डीआरएस लिग फाइनलका लागि छनौट भएको हाे । डीआरएस शीर्ष १६ मध्ये १५औं स्थानमा छ ।
त्यसैगरी पीएमजीसीमा सहभागी अर्को नेपाली पब्जी टिम डेडआईज गाइज १७४ अंकसहित अठारौं स्थानमा छ । यसकारण डेडआइज लिग फाइनलमा छनौट हुन सकेन ।
लिग फाइनलका लागि छनौट भएका टिममध्ये पहिलो नम्बरमा ५०६ पोइन्टसहित थाइल्यान्डको ‘दि इन्फिनिटी’ रहेको छ भने दोस्रो स्थानमा ४०९ पोइन्टसहित इन्डोनेसियाको ‘जेनेसिस डोग्मा’ छ ।
अब लिग फाइनलका १८ खेलहरू पुसको ७ गतेदेखि ९ गतेसम्म चल्नेछ । लिग फाइनलको लिडरबोर्डमा उत्कृष्ट ९ मा पर्न सफल टिमले ग्रान्ड फिनालेमा पश्चिमी क्षेत्रका टोलीसँग भिडन्त गर्नेछन् ।