काठमाडौं । नेपालकै लोकप्रिय एप ‘हाम्रो नेपाली किबोर्ड’ को गुगल प्ले स्टोरमा एक करोड डाउनलोड पुरा भएको छ । सन् २०१४ मा हाम्रोपात्रो इंकले सुरु गरेको यो एपले हालै एन्ड्राेइडमा एक करोड डाउनलाेड संख्या पार गरेको हो ।
फेसबुक र स्मार्टफोन आउनेक्रममा नेपाली लेख्न नमिल्ने अवस्था थियो र धेरैले रोमन नेपालीमै लेख्नुपर्ने थियो तर लेख्न सजिलो भने थिएन । त्यही असहजतालाइ मध्यनजर गर्दै हाम्रो पात्रो नेपाली किबोर्ड आयो र धेरैको लागि नेपालीमा टाइप गर्न प्रयोग गर्न सजिलो भयो ।
नेपाली भाषीका लागि यो अत्यन्त महत्वपूर्ण कुरा थियो, त्यही ‘हाम्रो नेपली किबोर्ड’ अहिले एक करोड डाउनलोड भएको छ ।
रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरीमा किबोर्ड सुविधा रहेको ‘हाम्रो नेपाली किबोर्ड’ ले एक करोड डाउनलोड पुरा गरेको छ ।
सन् २०१४ मा सार्वजनिक भएको याे एप सबैभन्दा छोटो अवधिमै १० लाखको डाउनलोड पार गर्ने पहिलो नेपाली एप भएको थियो । योसँगै हाम्रो पात्रोका दुई एन्ड्रोइड एप करोडको संख्यामा डाउनलोड हुने सूचीमा परेका छन् ।
यसअघि हाम्रोपात्रो एपले यो सफलता पाइसकेको छ। एन्ड्रोइड फोनमा नेपालीमा टाइप गर्ने सजिलो तरिका नहुँदा प्रयोगकर्ताले हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थाहा पाएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले बताए ।
यसमा बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ), मोबाइल अनुसार किबोर्डको आकार चाहे जस्तो सानो या ठुलो बनाउन सक्ने सुबिधाका साथ स्टिकर्स र चाहे अनुसार थीम परिवर्तन गर्ने सुविधा पनि रहेको छ।
‘आज यो एप हाम्रो आफ्नै भाषामा टाइप गर्न एक करोड बढी नेपालीले डाउनलोड गरेका छन् । यो हाम्रो टोलीका सदस्यहरूको कडा परिश्रम र प्रयोगकर्ताहरूको विश्वास र समर्थनका कारण सम्भव भएको हो,’ उप्रेतीले बताए ।
हाम्रो नेपाली किबोर्ड यहाँ क्लिक गरेर राख्न सकिन्छ ।