close

डेढ करोडमा बिक्री भयो विश्वकै पहिलो ‘एसएमएस’

टेकपाना टेकपाना

पुस ७, २०७८ ११:४४

डेढ करोडमा बिक्री भयो विश्वकै पहिलो ‘एसएमएस’

काठमाडौं । हामीमध्ये धेरैलाई विश्वको पहिलो एसएमएस अर्थात म्यासेज के थियो भन्ने विषयमा जानकारी नहुनसक्छ । तर, यतिबेला सोही म्यासेज झण्डै डेढ कराेडमा बिक्री भएको छ ।

‘मेरी क्रिसमस’ लेखेर पठाइएको विश्वको पहिलो म्यासेज मंगलबार नन–फन्जिबल टोकन (एनएफटी) का रूपमा बिक्री भएको हो । उक्त टेक्स्ट म्यासेज सन् १९९२ डिसेम्बर २ तारिखमा पठाइएको थियो ।

भोडाफोन इन्जिनियर नील पापवर्थले आफ्नो कम्प्युटरबाट बेलायतका बर्कशायरमा रिचर्ड जार्विसलाई उक्त म्यासेज पठाएका थिए ।

कम्प्युटरबाट पठाइएको म्यासेज जार्विसले दुई केजी तौल भएको अर्बिटेल टेलिफोनमा म्यासेज प्राप्त गरेका थिए । सोही म्यासेज बेलायती टेलिकम कम्पनी भोडाफोनले लिलामीमा राखेको थियो ।

बोलकबोलमा उक्त म्यासेजका लागि १ लाख ७ हजार युरो अर्थात एक करोड ४६ लाख भन्दा बढीमा बिक्री भएको हो । हुन त यसअघि यो म्यासेज करिब दुई करोड ७३ लाख रुपैयाँमा लिलामी हुनसक्ने आँकलन गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२