close

२०२२ मा सार्वजनिक हुँदैछन् यी नयाँ ल्यापटप

टेकपाना टेकपाना

पुस ९, २०७८ १०:५

२०२२ मा सार्वजनिक हुँदैछन् यी नयाँ ल्यापटप

काठमाडौं । बजारमा एक पछि अर्को स्तरीय र नयाँ ल्यापटप सार्वजनिक भइरहेका हुन्छन् । तर आज हामी तपाईंलाई अङ्ग्रेजी नयाँ वर्ष २०२२ मा सार्वजनिक हुने तयारीमा रहेका ल्यापटपको बारेमा बताउँदै छौँ ।

जसमा एसर स्विफ्ट ३, एलजी ग्राम १७, एसुस रग जेफ्रुस जी १४, डेल एक्सपीएस १३ टु इन वान र गुगल पिक्सेलबुक गो जस्ता मोडेल रहेका छन् ।

एसुस रग जेफ्रुस जी १४

ल्यापटपमा १५.६ इन्चको डिस्प्ले हुने अनुमान छ । जसको रेजोलुसन १०८० पिक्सेल हुनेछ । स्टोरेजको कुरा गर्ने हो भने यो ल्यापटपमा १६ जीबी/३२ जीबी र्‍याम तथा एक टीबी इन्टरनल स्टोरेज उपलब्ध हुन सक्छ ।

त्यस्तै यो ल्यापटपमा एएमडी रिजेन ९-४९००एचएस प्रोसेसरको साथमा एनभिदिया जिफोर्स आरटीएक्स २०६० म्याक्स-क्यू ग्राफिक्स कार्ड हुने बताइएको छ ।

गुगल पिक्सेलबुक गो

गुगल पिक्सेलबुक गोमा १३.३ इन्चको फुल एचडी एलसीडडी टचस्क्रिन डिस्प्लेको साथमा १.३ गिगाहर्ज इन्टेल कोर आई फाइभ-८२२० वाई प्रोसेसर रहने अनुमान गरिएको छ । साथै यसमा इन्टेल यूएचडी ग्राफिक्स ६१५ (३०० मेगाहर्ज) ग्राफिक्स कार्ड हुनसक्छ ।

कनेक्टिभिटीका लागि यो ल्यापटपमा वाईफाई फाइभ र ब्लुटुथ ४.२ हुनेछ भने १०८० पिक्सेल डुओ क्याम २ पिक्सेल क्यामेरा उपलब्ध हुने बताइएको छ ।

डेल एक्सपीएस १३ टु इन वान

डेलको यो ल्यापटपमा १३.४ इन्चको डिस्प्ले, ८ जीबी र्‍याम र ५१२ जीबी एसएसडी इन्टरनल स्टोरेज आउन सक्छ । प्रोसेसरको कुरा गर्ने हो भने यो ल्यापटपमा इन्टेल कोर आई सेभेन-११६५ जी ७ प्रोसेसरको साथमा इन्टेल आइरिस एक्सई ग्राफिक्स कार्ड रहनेछ ।

एलजी ग्राम १७

एलजीको यो ल्यापटपमा १३.३ इन्चको डब्लूक्यूएक्सजीए एलसीडी डिस्प्ले, १६ जीबी र्‍याम र एक टीबी एसएसडी इन्टरनल स्टोरेज उपलब्ध हुने बताइएको छ । साथै यो ल्यापटपमा २.८ गिगाहर्ज इन्टेल कोर आई सेभेन-११६५जी७ प्रोसेसर आउन सक्छ ।

साथमा इन्टेल आइरिस एक्सई ग्राफिक्स कार्ड, वाई-फाई सिक्स, ब्लुटुथ ५.१, दुई ओटा थन्डरबोल्ट ४ यूएसबी टाइपसी, एउटा एचडीएमआई, दुई ओटा यूएसबी ३.२ र एउटा माइक्रो एसडी कार्ड स्लट हुनेछ । यसको वेबक्यामको रुपमा १०८० पिक्सेल क्यामेरा रहनेछ ।

एसर स्विफ्ट ३

एसरको यो ल्यापटप १४ इन्चको डिस्प्लेको साथमा आउने अनुमान छ । जसको रेजोलुसन १०८० पिक्सेल हुनसक्छ । ल्यापटपमा ८ जीबी र्‍याम र ५१२ जीबी एसएसडी इन्टरनल स्टोरेज र एएमडी रेजेन ७ ४७०० यू प्रोसेसर दिने अनुमान छ । साथमा एएमडी रेडन ग्राफिक्स रहन सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२