काठमाडौं । सामसङले एचडीआर १० प्लस गेमिङ स्ट्यान्डर्ड सपोर्ट गर्ने आफ्नो पहिलो डिस्प्ले घोषणा गरेको छ । एचडीआरको गेम केन्द्रित यो नयाँ भर्सनले स्वचलित रुपमा क्यालिब्रेट गर्न सक्छ ।
एचडीआर १० प्लस गेमिङ सुरुवाती तवरमा गत अक्टुबरमा घोषणा गरिएको थियो । तर अहिले आएर सामसङले क्यूएलईडी टिभीको २०२२ लाइनअप (क्यू७० र त्यसभन्दा माथि) खुलाएको हो ।
यो स्ट्यान्डर्डको सपोर्ट पहिलो चरणमा गेमिङ मनिटरमा दिइने उल्लेख छ । एचडीआर १० प्लस गेमिङमा नियमित एचडीआर १० को तुलनामा थप भिजुअल मेटा डेटा पाउन सकिन्छ । जसमा चार गुणासम्मको ब्राइटनेस उपलब्ध गराउने लक्ष्य छ ।
साथै विभिन्न स्तरका रिफ्रेश रेट र राम्रो लुकिङ तथा गेमिङ भिजुअल प्रदर्शनका लागि अटो लो लेटेन्सी मोड समेत रहनेछ । सामसङका अनुसार यो स्ट्यान्डर्डले १२० हर्जमा समेत काम गर्नेछ । सामसङको प्रतिस्पर्धी एलजीले गत जुनमा डल्बी भिजन गेमिङ स्ट्यान्डर्डका लागि सी वान र जी वान ओलेड डिस्ले घोषणा गरिसकेको छ ।