काठमाडौं । एपमार्फत विदेशी श्रव्यदृश्य सामग्रीहरू बिक्री वितरण गरिरहेको टेलीनेट प्रालिको कार्यलयमा सूचना तथा प्रसारण विभागले छापा मारेको छ । विभागले शुक्रबार कम्पनीको त्रिपुरेश्वरस्थित कार्यालयमा पुगेर छापा मारेको हो ।
विभागको टोली कम्पनीको कार्यलयमा पुग्दा टेलिनेटका सञ्चालकहरू कार्यालयमा उपस्थित भने नभएको विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । उक्त कम्पनीले विभागबाट अनुमति नलिई अल्ट बालाजी र सोनीलिभ जस्ता एपहरूमार्फत श्रव्यदृश्य सामग्रीहरू बिक्री गरेरहेको जानकारीका आधारमा छापा मारिएको विभागले जनाएको छ ।
तर, त्यहाँ कम्पनी सञ्चालक भने थिएनन् । जसले गर्दा त्यहाँका कर्मचारीलाई के आधारमा सामग्रीहरू बिक्री गरेको भन्दै टोलीले सोधपुछ गरेको थियो । त्यसमा कुनै जवाफ नआएपछि पत्र काटेर टेलीनेटका सञ्चालकलाई आइतबार सम्पूर्ण कागजात सहित विभागमा उपस्थित हुन निर्देशन दिइएको हमालले बताए ।