close

अनलाइनबाट आर्थिक कारोबार गर्दा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती

टेकपाना टेकपाना

पुस १२, २०७८ १४:१४

अनलाइनबाट आर्थिक कारोबार गर्दा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं । पछिल्लो समय डिजिटल बैंकिङ सेवाप्रति प्रयोगकर्ताको आकर्षण बढ्दो छ । डिजिटल वालेटदेखि, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, कनेक्ट आईपीएस, प्रिपेड कार्ड लगायतका माध्यमबाट प्रयोगकर्ताले आर्थिक कारोबार गरिरहेका छन् ।

अनलाइनमा आधारित यी भुक्तानी सेवा प्रयोग गर्दा हरेक प्रयोगकर्ता सजग हुनुपर्छ । आज हामी तपाईंका लागि केही यस्ता महत्वपूर्ण टिप्स बताउँदैछौं, ताकि तपाईंलाई अनलाइनमा कसैले ठग्न नसकोस् ।

यस्ता गल्ती कहिल्यै नगर्नुहोस् 

  • कुनै अपरिचित व्यक्तिले पठाएको लिङ्क तथा अट्याचमेण्ट सकेसम्म खोल्दै नखोल्नुहोस् ।
  • अरु कसैलाई आफ्नो अकाउण्टको पासवर्ड कहिल्यै शेयर नगर्नुहोस् ।
  • अनलाइन बैंकिङको काम सकिने वित्तिकै तुरुन्तै लगआउट गर्नुहोस् । 
  • सामाजिक सञ्जालका कुनै पनि माध्यममा जन्म मिति, ठेगाना, फोन नम्बर जस्ता व्यक्तिगत जानकारीहरु शेयर नगर्नुहोस् । किन भने यसको सजिलैसँग गलत प्रयोग हुन सक्छ । अनलाइन ठगीमा समेत पर्न सक्नुहुन्छ । 

यी विषयमा ध्यान दिनुहोस् 

  • आफ्नो पासवर्डमा कहिल्यै पनि आफ्नो नाम, जन्म मिति तथा फोन नम्बरको प्रयोग नगर्नुहोस् । 
  • आफ्नो अकाउण्टको पासवर्ड यस्तो बनाउनुहोस् कि त्यसमा तपाईंको बारेमा कुनै पनि किसिमको अन्दाज गर्न सक्ने विषय नहोस् ।
  • यहाँ क्लिक गरेर आफ्नो पासवर्ड कत्तिको बलियो छ भन्नेमा जानकारी लिनुहोस् र बलियो पासवर्ड राख्ने टिप्स थाहा पाइराख्नुहोस् ।
  • समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्ने गर्नुहोस्, ता कि कसैले चोर्न नसकोस् ।
  • आफ्नो व्यक्तिगत डिभाइस वा सिस्टमको एक्सेस आफूलाई पूर्ण भरोसा लागेका व्यक्तिलाई मात्र दिने गर्नुहोस् । 
  • कुनै पनि अपरिचित व्यक्तिलाई आफ्नो सिस्टमको प्रयोग गर्न नदिनुहोस् । 
  • आफ्नो सिस्टम तथा डिभाइसमा सधैं एन्टिभाइरस राख्ने गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२