close

ड्राइभर अपडेट नहुँदा पनि स्लो हुन्छ इन्टरनेट, कसरी गर्ने समाधान ?

टेकपाना टेकपाना

पुस १३, २०७८ १३:१४

ड्राइभर अपडेट नहुँदा पनि स्लो हुन्छ इन्टरनेट, कसरी गर्ने समाधान ?

काठमाडाैं । तपाईंको कम्प्युटर ड्राइभर अपडेट नभएर पनि इन्टरनेट स्लो हुनसक्छ । नेटवर्क एडाप्टरले इन्टरनेट प्लान सपोर्ट गरेपनि ड्राइभर अपडेट भएको छैन भने इन्टरनेट स्लो हुनसक्छ ।   

के हो त डिभाइस ड्राइभर ? 

डिभाइस ड्राइभर त्यस्ता सफ्टवेयर हुन्, जसले तपाईंको कम्प्युटर हार्डवेयरलाई काम गर्ने अनुमति दिन्छ । ड्राइभर बिना कम्प्युटरको कुनै पनि कम्पोनेन्टले काम गर्दैन ।

ड्राइभरले कम्प्युटर बस वा कम्युनिकेसन सबसिस्टममार्फत डिभाइससँग कम्युनिकेट गर्छ, जसमा हार्डवेयर जडान हुन्छ । ड्राइभरहरू हार्डवेयर निर्भर र अपरेटिङ-सिस्टम-स्पेसिफिक हुन्छन् ।  

कम्प्युटरका धेरै भागलाई ड्राइभर आवश्यक पर्छ, जस्तै; प्रिन्टर, ग्राफिक्स कार्ड, मोडेम, नेटवर्क कार्ड, साउन्ड कार्ड आदि । अरु एप्प्लिकेसन जस्तै ड्राइभरलाई पनि नियमितरुपमा अपडेट गर्नुपर्छ ।  

यसरी अपडेट गर्नुहोस् नेटवर्क एडाप्टर ड्राइभर 

१. वायरलेस एडाप्टर ड्राइभर अपडेट गर्नका लागि पहिले डिभाइस म्यानेजर (Device Manager) मा जानुहोस ।  

२. त्यसपछि वायरलेस एडाप्टरको ‘प्रोपर्टिज’ मा गएर ड्राइभर ट्याबमा क्लिक गर्नुहोस् ।  

४. अपडेट ड्राइभरमा जानुहोस।  

त्यसपछि ‘सर्च अटोमेटिकल्ली फर ड्राइभर्स’ (Search automatically for drivers) मा जानुहोस् ।

यदि ड्राइभरमा कुनै अपडेट उपलब्ध छ भने इन्स्टल गर्नुहोस् । ड्राइभरमा कुनै अपडेट उपलब्ध छैन वा निरन्तर अपडेट भएको छ भने तपाईंलाई यस्तो डेस्क्टप देखाउँछ ।  

यीबाहेक पनि तपाईं आफ्नो डिभाइस म्यानुफ्याक्चर कम्पनीको वेब पेजमा गएर ड्राइभरको नयाँ अपडेट हेर्न सक्नुहुन्छ ।   

कम्पनीको वेब पेज भिजिट गर्नुभन्दा पहिले आफ्नो ड्राइभर भर्सन जाँच गर्नुहोस् । यसरी पनि तपाईंले आफूसँग नयाँ ड्राइभर भर्सन उपलब्ध भए/नभएको हेर्न सक्नुहुन्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२