close

नेपालमा पहिलो पटक रियलमीको आधिकारिक सर्भिस सेन्टर, मोबाइल मर्मतमा विशेष छुट

टेकपाना टेकपाना

पुस १५, २०७८ ९:३०

नेपालमा पहिलो पटक रियलमीको आधिकारिक सर्भिस सेन्टर, मोबाइल मर्मतमा विशेष छुट

काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा आफ्नो पहिलो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले आजदेखि सुन्धारामा रहेको सीटीसी मलको पाँचौ तलामा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो ।

कम्पनीले आफ्ना प्रयोगकर्ताको सहजताको लागि भन्दै सर्भिस सेन्टर खालेकाे जनाएको छ । जहाँ ग्राहकले कम्पनीका नयाँ नयाँ उत्पादन खरिदका साथै आवश्यक मर्मतको सुविधा समेत प्राप्त गर्नेछन् ।

ग्राहकले २ हप्तासम्म विभिन्न सुविधा पाउने छन्, जसमा दुई हप्ताका लागि वारेन्टी सकिएका मोडलहरूमा ३० प्रतिशतसम्म छुट दिइएको छ ।

त्यस्तै वारेन्टी सकिएको स्पेयर पार्टस् रिप्लेसमेन्टमा १० र निःशुल्क सर्भिसिङ, क्लिनिङ र सफ्टवेयर उपलब्ध हुने कम्पनीले जनाएको छ ।

सर्भिस सेन्टर बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सेवा लिन सकिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२