close

अन्तरिक्ष कब्जामा लिन खोजेको आरोप लागेपछि एलन मस्कले गरे खण्डन

टेकपाना टेकपाना

पुस १५, २०७८ १३:४०

अन्तरिक्ष कब्जामा लिन खोजेको आरोप लागेपछि एलन मस्कले गरे खण्डन

काठमाडौं । स्टारलिंक स्याटलाइटले अन्तरिक्षमा धेरै स्थान ओगटेको विषय बाहिरिएसँगै स्पेसएक्स कम्पनीका प्रमुख एलन मस्कले त्यसको खण्डन गरेका छन् ।

मस्कले पृथ्वी नजिकको अर्बिटमा दशौं अर्ब स्याटलाइट राख्न सकिने हुँदा आफ्नो कम्पनीका स्याटलाइट त्यसमा नगन्य सावित हुने प्रतिक्रिया दिएका छन् ।

यसअघि युरोपियन स्पेस एजेन्सी (ईएसए) का प्रमुखले व्यवसायिक अन्तरिक्ष उद्योगमा मस्कले आफ्नै नियन्त्रण कायम गर्न खोजेको आरोप लगाएका थिए ।

साथै चीनले पनि स्टारलिंकको स्याटलाइट संख्या धेरै हुँदा अन्तरिक्षमा अन्य स्याटलाइट एक-अर्कासँग ठोक्किनसक्ने भन्दै मस्कविरूद्द उजुरी दिएको थियो ।

यसरी कम्पनीको स्याटलाइटको विषयलाई लिएर आलोचना हुने थालेसँगै मस्कले यो विषयमा खण्डन गरेका हुन् ।

‘अन्तरिक्ष एकदमै विशाल छ, तर स्याटलाइट त्यसमा एउटा कणमात्र हो । यस्तोमा स्टारलिंक स्याटलाइटले स्थान ओगट्यो भन्नु गलत छ । प्रतिस्पर्धीले आफूलाई आवश्यकता अनुसार स्याटलाइट राख्न सक्छन्,’ उनले भने ।

‘यसमा हामीले कसैलाई प्रतिबन्ध गरेका छैनौं र भोलिका दिनमा पनि गर्ने छैनौं,’ उनले अगाडि भने, ‘उनले अगाडि भने, ‘अन्तरिक्षमा केही हजार स्याटलाइट हुनु भनेको पृथ्वीमा केही हजार कार भएजस्तै हो । त्यसैले यसले कुनै असर पार्दैन ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२