काठमाडौं । लोकप्रिय नेपाली एप हाम्रोपात्रोले आफ्ना विभिन्न सेवाका लागि आकर्षक अफर ल्याउने भएको छ । एपले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा ज्योतिष, हाम्रो गिफ्ट र रिचार्जका लागि यस्तो अफर ल्याएको हो ।
हाम्रोपात्रो इंकका अनुसार ग्राहकले ज्योतिष सेवामा २२ प्रतिशत तथा हाम्रो गिफ्टमा १० देखि ५० प्रतिशतसम्म छुट पाउन सक्नेछन् । अनलाइनबाटै डक्टरको परामर्श लिन सकिने हाम्रो पात्रो हेल्थमा ७० प्रतिशत छुट राखिएको छ ।
त्यस्तै हजार रुपैयाँ माथिको मोबाइल रिचार्जमा ५० रुपैयाँ बोनस पाउन सकिनेछ । तर रिचार्जको बोनस सुरुवाती ५०० ग्राहकलाई मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । भोलि शुक्रबारदेखि एक सातासम्म लागू हुने यो अफर अन्तर्गत विश्वभरका ग्राहकले ज्योतिष सेवा लिन सक्नेछन् ।
त्यस्तै देशबाहिर रहेका ग्राहकले हाम्रो गिफ्टमार्फत नेपालमा रहेका आफ्ना आफ्ना आफन्त तथा साथीभाइका लागि गिफ्ट अर्डर गर्न तथा हाम्रोपात्रोबाट रिचार्ज पठाइदिन सक्छन् ।
यस बाहेक कम्पनीले हाम्रो रेमिटबाट नेपाल पैसा पठाउँदा पहिलो कारोबार निःशुल्क गरिदिएको छ । तर रेमिट सेवा हाललाई अमेरिकामा रहेका ग्राहकहरूका लागि मात्रै उपलब्ध रहेको छ ।