close

सामसङको आगामी स्मार्टफोन ग्यालेक्सी एस २२ अल्ट्रामा १ टीबी स्टोरेज हुने

टेकपाना टेकपाना

पुस १५, २०७८ २२:३५

सामसङको आगामी स्मार्टफोन ग्यालेक्सी एस २२ अल्ट्रामा १ टीबी स्टोरेज हुने

काठमाडौं । सामसङको आगामी स्मार्टफोन ग्यालेक्सी एस २२ अल्ट्राको तस्वीर बाहिर आएको छ । यो वास्तविक फोनको तस्वीर नभएर डमी फोनको तस्वीर हो । तर यसबाट आगामी फोन कस्तो देखिएला भन्ने लख काट्न भने सकिन्छ ।

क्यामेरा कसरी राखिएका छन् भन्ने कुराका ग्यालेक्सी एस २२ अल्ट्राको वास्तविक तस्वीर हेर्दा मात्रै थाहा हुनेछ । यद्यपि ग्यालेक्सी एस २२ अल्ट्राको सिल्भर भेरियन्ट कस्तो होला भन्ने कुरा चाहिँ यहाँ तस्वीरमा कालोसँगै देख्न सक्नुहुन्छ ।

यससम्बन्धी समाचारहरूमा जनाइए अनुसार ग्यालेक्सी एस २२ अल्ट्रामा एक टीबी स्टोरेज भेरियन्ट समेत हुनेछ । यो कम्पनीले सन् २०१९ मा ल्याएको ग्यालेक्सी एस १० प्लस पछिको एक टीबी स्टोरेज भएको पहिलो सामसङ स्मार्टफोन हुनेछ ।

हाल आईफोन १३ प्रो तथा प्रो म्याक्स र अपेक्षित रियलमी जीटी टु प्रो गरी केही सीमित स्मार्टफोनमा मात्रै एक टीबी स्टोरेज उपलब्ध छ । सामसङले एक टीबी भेरियन्टमा भिडिओ केन्द्रित फिचर ल्याउँछ वा ल्याउँदैन भन्ने कुरा त स्पष्ट छैन ।

तर एप्पलले भने आईफोन १३ को २५६ जीबी, ५१२ जीबी र एक टीबी मोडेलमा ३० एफपीएस सहित प्रो सिरिजमा प्रोरेस-फोरके फिचर दिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२