close

ह्वाट्सएपबाटै अब नजिकका रेस्टुरेन्ट, सपिङ मलको जानकारी लिन सकिने

टेकपाना टेकपाना

पुस १६, २०७८ १८:१०

ह्वाट्सएपबाटै अब नजिकका रेस्टुरेन्ट, सपिङ मलको जानकारी लिन सकिने

काठमाडौं । प्रयोगकर्तालाई नयाँ नयाँ फिचर उपलब्ध गराउने हिसाबमा ह्वाट्सएप सँधै अघि रहेको छ । समय समयमा नयाँ नयाँ फिचरका साथ अपडेट उपलब्ध गराउँदै आएको ह्वाट्सएपले थप नयाँ फिचर उपलब्ध गराउने तयारी गरेको पाइएको छ ।

कम्पनीले प्रयोगकर्ताको सहजतालाई अब आफू नजिकको रेस्टुरेन्ट, सपिङ मल लगायतका स्थानको जानकारी दिने भएको हो । ह्वाट्सएपको वेटा भर्सनको बारेमा जानकारी दिने संस्था वाबेटा अनुसार ह्वाट्सएपले ‘बिजिनेस नियरबाई’ नामको नयाँ फिचर थप गर्ने तयारी गरिरहेको छ ।


जसमार्फत प्रयोगकर्ताले रेस्टुरेन्ट, सपिङ मल, स्टोर, किराना पसलहरू लगायतका विषयमा जानकारी लिन सक्नेछन् । स्टोर, रेस्टुरेन्ट लगाएको विषयमा जानकारी लिन सकिने भएता पनि त्यहीबाट सामान खरिद गर्न सकिने वा नसकिने भन्ने विषयमा भने यकिन जानकारी उपलब्ध भएको छैन् ।

तर, प्रयोगकर्ताले यसमार्फत नजिकको स्टोर, रेस्टुरेन्टका बारेमा भने सहजै जानकारी पाउने जनाइएको छ । हालसम्म प्राप्त जानकारी अनुसार यो फिचर पहिलो चरणमा एन्ड्रोइड प्रयोगकर्तामाझ उपलब्ध हुनेछ । भने, विस्तार आईओएसमा समेत उपलब्ध हुने जनाइएको छ । 
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२