काठमाडौं । नेपाली बजारमा आज पोकोले नयाँ स्मार्टफोन ‘पोको सी३१’ सार्वजनिक गर्ने भएको छ । ६.५३ इन्चको एचडी प्लस एलसीडी डिस्प्ले रहेको यो फोनमा ६० हर्जको रिफ्रेस रेट रहेको छ ।
फोनको पछाडि १३ मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल क्यामेरा सेटअप दिइएको छ । साथै ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।
मिडियाटेक हेलियो जी३५ प्रोसेसरबाट सञ्चालित फोनमा ४ जीबी र्याम र ३२/६४ जीबीको इन्टर्नल स्टोरेज छ ।
साथै माइक्रो एसडी कार्डबाट ५१२ जीबीसम्म स्टोरेज बढाउन सकिन्छ । यो फोनमा ५ हजार एमएएच क्षमताको ब्याट्री छ ।
नेपाली बजारमा यो फोन १६ हजारदेखि १८ हजार रूपैयाँको हारहारीमा उपलब्ध हुने अनुमान छ ।