close

‘आईएमई पे’ बाट चन्द्रागिरिको टिकट काट्दा ३० प्रतिशत छुट

टेकपाना टेकपाना

पुस १७, २०७८ १२:४५

‘आईएमई पे’ बाट चन्द्रागिरिको टिकट काट्दा ३० प्रतिशत छुट

काठमाण्डौ । आईएमई पे मोबाइल वालेटमार्फत चन्द्रागिरि टिकट बुकिङ गर्दा क्यासब्याक पाइने भएकाे छ । कम्पनीले ल्याएकाे याे अफरमार्फत् फ्ल्याट ३० प्रतिशत क्यासब्याक पाउन सकिनेछ ।

यो अफर चन्द्रागिरि टिकटहरूमा मात्र मान्य हुने कम्पनीले जनाएको छ । क्यासब्याकको अवधि आजसम्म लागू रहने कम्पनीले जनाएको छ ।

यसैबीच मलेसिया, कतार, युएई र कुवेतबाट पठाएको रकम आईएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता चारजना भाग्यशालीले १० हजार रुपैयाँका साथै बम्परमा चारजना भाग्यशाली विजेताले ४० हजार रूपैयाँसम्म पाउने कम्पनीले जनाएको छ ।

यो योजना पुस ८ देखि ४२ दिनसम्म लागू हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२