close

ब्रोडब्याण्ड, दूरसञ्चार र आईसीटीलाई गाभेर एकीकृत आईसीटी नीति बनाउँदै प्राधिकरण

टेकपाना टेकपाना

पुस १८, २०७८ १४:३१

ब्रोडब्याण्ड, दूरसञ्चार र आईसीटीलाई गाभेर एकीकृत आईसीटी नीति बनाउँदै प्राधिकरण

काठमाडौं । सरकारले एकीकृत आईसीटी नीति तयार गर्ने भएको छ । ब्रोडब्याण्ड, दूरसञ्चार र आईसीटी नीतिलाई एकै ठाउँमा गाभेर एकीकृत गर्ने तयारीका साथ प्रक्रिया अघि बढाएको छ ।

प्राधिकरणले आइतबार सार्वजनिक सूचना जारी गर्दै नीतिको मस्यौदा तयार पार्न परामर्शदाता खोजेको हो । लामो समयदेखि दूरसञ्चार क्षेत्रको मुख्य नीति दूरसञ्चार नीति २०६०, ब्रोडब्याण्ड नीति २०७१ र सूचना तथा सञ्चार प्रविधि नीति २०७२ परिमार्जन हुन सकेको छैन् ।

लामो समयदेखि परिमाजर्नको पर्खाइमा रहेको नीतिलाई पूनर रुप प्रदान गर्ने र सबैलाई एउटै नीतिमा गाभ्ने योजनाका साथ प्राधिकरणले यो प्रक्रिया अघि बढाएको हो ।

हुन त यसका लागि यसअघि नै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टर्म अफ रिफ्रेन्स (क्षेत्राधिकार) स्वीकृत गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई मस्यौदा तयार गर्न निर्देशन दिएको थियो । त्यसैका आधारमा प्राधिकरणले राष्ट्रिय आईसीटी नीतिको मस्यौदा तयार पार्न लागेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२