काठमाडौं । सन् २०२१ नन-फन्जिवल टोकन (एनएफटी) का लागि उत्कृष्ट रह्यो । धेरैजसो ठूलाे प्रविधि कम्पनीले एनएफटीलाई आफ्नो प्रमुख योजनामा समावेश गरे । जसको पछिल्लो उदाहरण सामसङ बनेको छ ।
सामसङले आफ्ना स्मर्ट टिभीका लागि ‘एनएफटी एग्रिगेसन प्लेटफर्म’ तयार पारेको छ । जुन सामसङको माइक्रो एलईडी, नियो ओएलईडी जस्ता मुख्य मोडलका टिभीमा उपलब्ध हुनेछ ।
जसमार्फत प्रयोगकर्ताले एनएफटीको विषयमा जानकारी लिन, खरिद गर्न तथा बिक्री गर्न सक्नेछन् । जसमा धेरैवटा मार्केटप्लेसबाट एनएफटी तानिएको छ ।
त्यो हुँदा टिभीको ब्राउजरमार्फत नै प्रयोगकर्ताले हरेर एनएफटीको जानकारी लिन र ब्ल्कचेन मेटाडेटाको जानकारी लिन सक्ने जनाइएको छ । कम्पनीका अनुसार यो प्ल्याटफर्म चाँडै प्रयोकगर्तामाझ उपलब्ध हुने जनाइएको छ ।