काठमाडाैं । विश्वव्यापी रुपमा चर्चित गुगलको क्लाउड स्टोरेज प्लेटफर्म गुगल ड्राइभ इन्टरनेट बिना पनि चलाउन सकिन्छ । गुगल ड्राइभले प्रयोगकर्तालाई फाइल ब्याकअप गर्न तथा उक्त फाइलमा जुनसुकै डिभाइसबाट पहुँच गर्न सकिने सेवा उपलब्ध गराउँदै आएको छ ।
त्यतिमात्रै नभएर यो फाइल, फोटो तथा पीडीएफ फाइल शेयर गर्नका लागि पनि चर्चित छ । साथै त्यसरी शेयर गरेको फाइलमा सबैले इडिट गर्नसक्ने सुविधा पनि उपलब्ध छ ।
यही क्रममा कम्पनीले गुगल ड्राइभमा रहेका फाइल इन्टरनेट बिना पनि प्रयोग गर्न सकिने फिचर उपलब्ध गराएको हो । गुगल डक्स, गुगल सीट, गुगल स्लाइड्स फाइलहरु तपाईंसँग इन्टरनेटको पहुँच नहुँदा पनि हेर्न र इडिट गर्न सकिन्छ ।
यसका लागि तपाईंले अफलाइन एक्सेस ‘टर्न-अन’ गर्नुपर्छ ।
अफलाइन एक्सेस टर्न-अन गर्नुभन्दा पहिले
-तपाईं इन्टरनेटमा कनेक्ट हुन आवश्यक छ ।
-तपाईंले गुगल क्रोम ब्राउजर प्रयोग गरेको हुनुपर्छ ।
-प्राइभेट ब्राउजिङ्ग प्रयोग गर्नु हुँदैन ।
– गुगल डक्स अफलाइन क्रोम एक्स्टेन्सन इन्स्टल गरेर इनेबल गर्नुहोस् ।

– तपाईंको डिभाइसमा फाइल सेभ गर्नका लागि पर्याप्त स्टोरेज छ/छैन जाँच्नुहोस् ।
अफलाइन गुगल डक्स, गुगल सीट र गुगल स्लाइड्स ओपन गर्नुहोस् ।
क्रोम ब्राउजर खोल्नुहोस् र साइन इन गर्नुहोस् ।
गुगल ड्राइभ सेटिङ्गमा जानुहोस् ।

-“Create, open, and edit your recent Google Docs, Sheets, and Slides files on this device while offline” लेखिएको बक्समा टिक लगाउनुहोस् ।

अफलाइन प्रयोगका लागि गुगल डक्स, गुगल सीट र गुगल स्लाइड्स सेभ गर्नुहोस् ।
-कम्प्युटरको ब्राउजरमा गुगल ड्राइभमा जानुहोस् ।
-सेभ गर्न चाहेको डक्स, सीट वा स्लाइड्समा राइट क्लिक गर्नुहोस् ।

-एभाइलेबल अफलाइन टर्न अर्न गर्नुहोस् ।
अफलाइन फाइल प्रिभ्यु
-कम्प्युटरको ब्राउजरमा गुगल ड्राइभमा मा जानुहोस् ।
-अफलाइन एक्सेस टर्न अन भए/नभएको हेर्नुहोस् ।
-माथि दायाँपट्टि रहेको रेडि फर अफलाइनमा क्लिक गर्नुहोस् ।
-अफलाइन प्रिभ्युमा क्लिक गर्नुहोस् ।

यसरी तपाईंले इन्टरनेट नहुँदा पनि गुगल ड्राइभमा स्लाइड्स, सीट, डक्स बनाउन, इडिट गर्न र हेर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
