काठमाडौं । एप्पलले नयाँ खालको रिभर्स चार्जिङ प्रविधि निर्माणको काम गरिरहेको खुलासा भएको छ । एप्पलले दर्ता गरेको रिभर्स चार्जिङ प्रविधिको नयाँ प्याटेन्ट सार्वजनिक भएपछि कम्पनीको नयाँ योजना सार्वजनिक भएको हो ।
एप्पलको प्याटेन्टबारे नयाँ-नयाँ खुलासा गरिरहने ‘प्याटेन्टी एप्पल’ ले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीले डिस्प्लेबाटै वायरलेस चार्ज मिल्ने प्रविधिमा काम गरिरहेको छ ।
दर्ता भएको प्याटेन्टअनुसार आगामी दिनमा एप्पलका डिभाइसलाई अर्को डिभाइसको स्क्रिनमा राखेर पनि वायरलेस प्रविधिबाट रिभर्स चार्ज गर्न सकिनेछ । जस्तै; कुनै आईप्याडको स्क्रिनमा आइफोनको स्क्रिन जोडेर आईफोनलाई चार्ज गर्न मिल्नेछ ।
यो प्रविधि कहिलेसम्म विकास भइसक्छ भन्ने विषयमा कुनै जानकारी सार्वजनिक भएको छैन ।