close

एप्पल बन्यो ३० खर्ब अमेरिकी डलरको विश्वकै पहिलो कम्पनी

टेकपाना टेकपाना

पुस २०, २०७८ १२:१८

एप्पल बन्यो ३० खर्ब अमेरिकी डलरको विश्वकै पहिलो कम्पनी

काठमाडौं । एप्पल ३० खर्ब अमेरिकी डलर बराबरको विश्वकै पहिलो कम्पनी भएको छ । तीन वर्षअघि १० खर्ब भ्यालु (बजारमूल्य) रहेको कम्पनीले पछिल्लो दुई वर्षमा २० अर्ब भ्यालु थप गर्न सफल भएको हो ।

कम्पनीको शेयर मूल्य बढ्दा एप्पलले यो उपलब्ध हासिल गरेको बताइएकाे छ । योसँगै एप्पल विश्वकै सबैभन्दा उच्च भ्यालु भएको प्रविधि कम्पनी बनेको छ ।

सोमबार एप्पलको प्रतिशेयर मूल्य १८२.८६ अमेरिकी डलर पुगेको थियो । कुल १६.४ बिलियन शेयर जारी गरेको कम्पनीको भ्यालु सोमबार तीन ट्रिलियन डलर पुगेको थियो ।

जुन एटी एण्ड टी, बोइङ, कोको–कोला, कोमकास्ट, डिज्ने, एक्सअन, गोल्डम्यान, आईबीएम, म्याकडोनाल्ड, नेटफ्लिक्स, नाइक, वालमार्ट सबैको भ्यालुलाई एकै ठाउँमा जोड्ने आउने मूल्यभन्दा पनि बढी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५