close

तपाईंले प्रयोग गर्नैपर्ने ह्वाट्सएपका ३ प्राइभेसी फिचर

टेकपाना टेकपाना

पुस २१, २०७८ १४:३३

तपाईंले प्रयोग गर्नैपर्ने ह्वाट्सएपका ३ प्राइभेसी फिचर

काठमाडौं । ह्वाट्सएपले प्रयोगकर्ताको सुरक्षाका लागि विभिन्न फिचर उपलब्ध गराउँदै आएको छ । त्यसमध्ये पनि केही त्यस्ता महत्वपूर्ण सुरक्षा फिचर छन्, जसको प्रयोग अनिवार्य जस्तै छ ।

आज हामी तपाईंका लागि ह्वाट्सएपका तीन महत्वपूर्ण सुरक्षा फिचरको विषयमा जानकारी दिँदैछौं ।

ह्वाट्सएप लक

सुरक्षाको हिसाबले ‘ह्वाट्सएप लक’ एउटा महत्वपूर्ण फिचर हो । यो फिचर आईओएस तथा एन्ड्रोइड दुवै भर्सनमा उपलब्ध छ । आफ्नो ह्वाट्सएप अकाउन्टमा आएका म्यासेज अरु कसैले पढ्न नसकुन् भन्ने चाहनुहुन्छ भने यो फिचर महत्वपूर्ण हुनेछ ।

यो फिचर प्रयोग गर्न सुरुमा ह्वाट्सएप खोल्नुहोस् र दायाँ साइडको माथि रहेको ‘थ्री डट’ मेन्युमा क्लिक गरी ‘सेटिङ’ मा क्लिक गर्नुहोस् ।

अब ‘अकाउन्ट’ मा क्लिक गर्नुहोस् र ‘प्राइभेसीमा’ क्लिक गर्नुहोस् ।

त्यसको सबैभन्दा तल एन्ड्रोइडको हकमा ‘फिंगरप्रिन्ट लक’ र आईओएसमा ‘स्क्रिन लक’ फिचर छ ।

आईओएसको हकमा भने तपाईंले ‘फिंगरप्रिन्ट’ र ‘फेसआईडी’ दुवै विकल्प उपलब्ध छ । जसलाई अन गरेसँगै तपाईंले कति समयपश्चात ह्वाट्सएपमा लक लाग्ने हो, त्यो आफैंले निर्धारण गर्न सक्नुहुनेछ ।

सेल्फ-डिलिटिङ टेक्स्ट

ह्वाट्सएपले केही समय अघिमात्रै म्यासेज आफैं डिलिट हुने फिचर उपलब्ध गराएको छ । यसलाई प्रयोगकर्ताको सुरक्षाका हिसाबले निकै प्रभावकारी फिचरको रुपमा हेरिएको छ ।

तपाईंले यो फिचर सबै नयाँ म्यासेजको हकमा प्रयोग गर्न सकिन्छ । यसको अर्थ पुरानो म्यासेजको हकमा भने यसले काम गर्दैन । तर, नयाँ म्यासेजको हकमा भने यो प्रभावकारी हुनेछ ।

ह्वाट्सएपले यो फिचर २४ घण्टा, सात दिन र ९० दिनगरी तीन फरक समय अवधिका हिसाबले उपलब्ध गराएको छ ।

त्यसका लागि सुरुमा ह्वाट्सएपको ‘सेटिङ’ मा क्लिक गरी ‘अकाउन्ट’ हुँदै ‘प्राइभेसी’ भित्र रहेको ‘डिफल्ट म्यासेज टाइमर’ अन गर्नुहोस् ।

टु–स्टेप भेरिफिकेशन
ह्वाट्सएपले प्रयोगकर्ताको सुरक्षाको लागि ‘टु-स्टेप भेरिफिकेशन’ उपलब्ध गराउँदै आएको छ । यो तपाईंको फोन नम्बर भेरिफाई गर्ने थप प्रक्रिया हो । जसले तपाईंलाई ह्याकरबाट जोगाइराख्न समेत मद्दत गर्छ ।

किनभने ह्याकरहरूले प्रयोगकर्ताको अकाउन्ट ह्याक गर्न प्रयास गरिरहेका हुन्छन् । यस्तोमा ‘टु-स्टेप भेरिफिकेशन’ अन छ भने यसले तपाईंले सुरक्षित राख्न मद्दत गर्नेछ ।

यो फिचर प्रयोग गर्नका लागि ह्वाट्सएपको ‘सेटिङ’ मा क्लिक गरी ‘अकाउन्ट’ मा क्लिक गरी ‘टु-स्टेप भेरिफिकेशन’ अन गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५