close

नेसनल पेमेन्ट स्विचमा जोडियो जनरल इन्स्योरेन्स, के के छन् सुविधा ?

टेकपाना टेकपाना

पुस २१, २०७८ १५:३

नेसनल पेमेन्ट स्विचमा जोडियो जनरल इन्स्योरेन्स, के के छन् सुविधा ?

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले भुक्तानीसम्बन्धी कारोबार गर्न नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग साझेदारी गरेको छ । योसँगै अब जनरल इन्स्योरेन्सले एनसीएचएलका विभिन्न भुक्तानी प्रणाली प्रयोग गरी कारोबार गर्नेछ ।

सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे ।

उक्त सम्झौतापश्चात जनरल इन्स्योरेन्स एनसीएचएलको नेसनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गतको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ ।

याेसँगै कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल-आईपीएस र कनेक्ट आईपीएसमा जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानी, लगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताबाट सोझै गर्न सक्नेछ ।

यसले जनरल इन्स्योरेन्सलाई आफ्ना विभिन्न खाताबाट भुक्तानी कारोबारहरु सहजै आफ्नो अपरेटिङ खातामा सार्न पनि मद्दत पुर्‍याउने छ ।

यी सबै कारोबार सोझै बीमा कम्पनी तथा लाभग्राहीका बैंक खाताबाट हुनेछन् । यसरी एनपीआईमा जोडिएपछि जनरल इन्स्योरेन्सका सम्पूर्ण भुक्तानी पूर्ण स्वचालित रुपमा हुनुका साथै हिसाबमिलान गर्न पनि सजिलो हुने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५