काठमाडौं । सन् २०२१ मा एप्पलका उत्पादनले विश्वबजारमा निकै लोकप्रियता पायो । आम्दानीको हिसाबले पनि यो वर्ष सुखद रह्यो ।
अब भने एप्पलले सन् २०२२ का लागि भव्य तयारी गरिरहेको छ । यो वर्ष कम्पनीले आफ्नो आईफोनको नयाँ सिरिज, म्याकबुक प्रो, एयरपडको नयाँ सिरिज, भीआर हेडसेट लगायतका उत्पादन सार्वजनिक गर्ने तयारी गरेको छ ।
यो वर्ष के के ल्याउँदैछ एप्पल ?
आईफोन १४ आईफोन १४ का बारेमा थुप्रै हल्ला चल्दै आएका छन् । याे सिरिजको आईफोनका लागि एप्पल प्रयोगकर्ता पनि निकै उत्साहित छन् । आईफोन १४ मा नच नरहने र ईन-डिस्प्ले पन्च होल उपलब्ध हुने बताइएको छ । यद्यपि यो डिजाइन १४ प्रो मा मात्र हुने पनि अनुमान गरिएको छ ।
आईफोन एसई एप्पलको मिडरेन्जको स्मार्टफोनको रुपमा ‘आईफोन एसई’ पनि सार्वजनिक हुने तयारीमा छ । फाइभजी सहितको आईफोन एसईको तेस्रो जेनेरेशनको स्मार्टफोन सार्वजनिक हुनेछ । यो उत्पादन पहिलेको भन्दा सस्तो मूल्यमा उपलब्ध हुने अनुमान छ ।
एप्पल वाच यो वर्ष एप्पलले एप्पल वाचको तीनवटा मोडेल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । स्पोर्टसमा पनि बढि रुचि हुनेहरूलाई लक्षित गर्दै एप्पल वाचको सिरिज ८ आउनेछ ।
म्याकबुक एयर यो वर्ष एप्पलले डिजाइन परिवर्तन गरेर म्याकबुक सार्वजनिक गर्ने तयारी गरेकाे छ । डिजाइन र अन्य फिचरसँगै यो विभिन्न रंगमा उपलब्ध हुने बताइएको छ ।
म्याकबुक प्रो यो वर्ष एप्पलको सार्वजनिक हुने उत्पादनमध्ये धेरै चर्चा पाएको उत्पादन ‘म्याकबुक प्रो’ पनि हो । पुरानै डिजाइनमा आधारित भएपनि यसमा थुप्रै नयाँ फिचर थपिने अनुमान छ ।
आईप्याड प्रो एप्पलले वायरलेस चार्जिङ सहितको ‘आईप्याड प्रो’ यो वर्ष सार्वजनिक गर्दैछ । यद्यपि यो पुरानै एम १ चिपसेटमा आधारित हुने वा नयाँ चिपसेट एम२ मा आउँछ भन्ने विषयमा भने कुनै पनि जानकारी बाहिर आएको छैन ।
प्रो म्याक डेस्कटप एप्पलले यो वर्ष ‘एम १ प्रो’ र ‘एम १ प्रो म्याक्स’ चिपसेटमा आधारित ‘प्रो म्याक डेस्कटप’ पनि सार्वजनिक गर्दैछ । यो डेस्कटप म्याक प्रो, म्याक मिनी, आईम्याक प्रो लगायत विभिन्न मोडेलमा सार्वजनिक हुने बताइएको छ ।
म्याक डिस्प्ले एप्पलले पहिलेकाे प्रो डिस्प्ले एक्सडीआर भन्दा आधा मूल्य सस्तो पर्ने एक्सटर्नल मोनिटर पनि सार्वजनिक गर्ने अनुमान छ ।
भीआर हेडसेट सन् २०२० मा नै सार्वजनिक हुने भनिएको एप्पलको भीआर हेडसेट विभिन्न कारणले सार्वजनिक हुन सकेन । यो वर्ष भने यो भीआर हेडसेट सार्वजनिक हुने अनुमान गरिएको छ ।