काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सूचीकृत भएका कम्पनीहरूलाई नेप्से अनलाइन ट्रेडिङ सिस्टमको लगईन आईडी लिन आह्वान गरेको छ ।
केही समयदेखि नेप्सेले आफ्नो नयाँ वेबसाइट सफ्ट लन्च गरेर सञ्चालनमा ल्याएको हुँदा सो साइटमा नेप्सेमा सूचीकृत सम्पूर्ण कम्पनीहरूलाई कर्पोरेट एक्सन र डकुमेन्ट अपलोड गर्न निर्देशन दिएको छ ।
एक सूचना जारी गर्दै नेप्सेको नयाँ सिस्टमको लगईन आईडी लिनका लागि कम्पनीको पत्रसहित नेप्सेको सूचीकरण शाखामा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
यो प्रणालीले कम्पनीहरूलाई आफ्नो शेयरसँग सम्बन्धित विभिन्न सूचना आफैंले उपलब्ध गराउन सहज हुन्छ ।