close

फ्लिप मोडलसहित नोकियाका पाँच नयाँ फोन आउँदै

टेकपाना टेकपाना

पुस २५, २०७८ १४:१६

फ्लिप मोडलसहित नोकियाका पाँच नयाँ फोन आउँदै

काठमाडौं । अमेरिकामा भएको सीईएस २०२२ मा नोकियाले आफ्ना पाँच बजेट फोन सार्वजनिक गर्ने घोषणा गरेको छ । नयाँ मोडेलका फोन सुरुवाती चरणमा अमेरिकी बजारमा उपलब्ध हुने कम्पनीले बताएको छ ।

मोबाइलको विषयमा सबै जानकारी उपलब्ध नगराए पनि २०२२ भित्र यी सबै फोन अमेरिकी बजारमा उपलब्ध हुने कम्पनीको भनाइ छ । सार्वजनिकको तयारीमा रहेका पाँच फोनमध्ये एक हो, ‘नोकिया जी ४००’, जुन सार्वजनिक हुने फोनमध्ये एउटै मात्र फाइभजी सपोर्ट गर्ने फोन हो ।

यो फोनमा ४८ मेगापिक्सेलको मेन क्यामेरासहित ५ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो क्यामेरा उपलब्ध हुनेछ ।

५००० एमएएचको ब्याट्री उपलब्ध फोनमा १२० हर्जको रिफ्रेस रेटसहितको ६.६ इन्चको डिस्प्ले हुनेछ । यो फोनको मूल्य २३९ डलर (करिब २८ हजार ५०० रुपैयाँ) हुने अनुमान छ ।

त्यस्तै सार्वजनिक हुने नोकियाको अन्य फोरजी फोनमा १४९ डलर (१६,५०० रुपैयाँ) मूल्यको ‘नोकिया जी१००’, ११९ डलर (१४ हजार रुपैयाँ) मूल्यको ‘नोकिया सी२००’ र ९९ डलर (करिब १२ हजार रुपैयाँ) मूल्यको ‘नोकिया सी १००’ रहेको छ ।

सार्वजनिक हुने पाँचमध्ये सबैभन्दा आकर्षणको विषय हो, ‘नोकिया २७६० फ्लिप फोन’ । नोकियाकै पुरानो फोनको डिजाइन दिइएको यो फोन भने बजारमा ७९ डलर अर्थात् करिब १० हजार रुपैयाँमा उपलब्ध हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५