close

कामना सेवाको एपबाट अब ‘नमस्ते पे’ मा पैसा लोड गर्न सकिने

टेकपाना टेकपाना

पुस २५, २०७८ २१:८

कामना सेवाको एपबाट अब ‘नमस्ते पे’ मा पैसा लोड गर्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल टेलिकमकाे डिजिटल वालेट नमस्ते पेबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले हस्ताक्षर गरे ।

याेसँगै बैंकको मोबाइल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङमार्फत नमस्ते पेमा फन्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतीय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टपअप गर्नेलगायत अन्य विभिन्न भुक्तानीको सुविधा लिन सक्नेछन् ।

बैंकले देशका विभिन्न भागमा १२९ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र एउटा शाखारहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–आस्बालगायतका माध्यमबाट समेत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२