close

गुगल प्ले स्टोरमा फर्कियो खल्ती

टेकपाना टेकपाना

पुस २६, २०७८ ११:१३

गुगल प्ले स्टोरमा फर्कियो खल्ती

काठमाडौं । नेपालको लोकप्रिय डिजिटल वालेट खल्ती गुगल प्ले स्टोरमा पुनः उपलब्ध भएको छ । लगईन एक्सपायर हुँदा शुक्रबारदेखि गुगल प्ले स्टोरबाट हराएको खल्ती आइतबार रातिदेखि उपलब्ध भएको हो ।

कम्पनीका सह-संस्थापक अमित अग्रवालका अनुसार लगईन एक्सपायर हुँदा गुगल प्ले स्टोरबाट एप हटेको थियो ।

लगईन नै एक्सपायर भएसँगै एप रिभ्यु गर्न असम्भव हुँदा शुक्रबारदेखि प्ले स्टोरमा एप उपलब्ध थिएन । यस्तोमा कम्पनीले गुगलसँग नयाँ लगईनका लागि अनुरोध गरेको थियो ।

त्यसैका आधारमा आइतबार साँझ लगईन एक्सेस उपलब्ध भएको कम्पनीले जनाएको छ । लगईन एक्सेस उपलब्ध भएसँगै एप गुगल प्ले स्टोरमा उपलब्ध भइसकेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२