काठमाडाैं । यदि तपाईं सरल र द्रुत परिणाम चाहनुहुन्छ भने ‘गुगल शीट’ निकै उपयोगी स्प्रेडशीट प्रोग्राम हो । यसबाट उच्च गुणस्तर र शटिक चार्ट, ग्राफ वा तालिका बनाउन सकिन्छ ।
तपाईंले केही सजिला तरिका सिकेर आफ्नो गुगल शीट प्रयोगलाई निकै प्रभावकारी बनाउन सक्नुहुन्छ । हामी आज तपाईंलाई कसरी गुगल शीट प्रभावकारी बनाउने भन्ने विषयमा चर्चा गर्छौं ।
गुगल फर्मबाट अटोमेटिक डेटा जम्मा गर्नुहोस्
गुगल फर्म गुगल शीटको एक पावरफुल डेटा कनेक्सन टुल हो । तपाईंले सहजै विभिन्न प्रश्नवाली बनाएर बजार सर्वेक्षण गर्न सक्नुहुन्छ । तपाईंले प्रश्नहरूको संख्या, उत्तर दिने ढाँचा र फर्मसँग कसले अन्तर्क्रिया गर्नसक्छ भनेर सहजै परिमार्जन गर्न सक्नुहुन्छ ।
गुगल शीटमा यसरी फर्म एड गर्नुहोस् :
टुलबारमा रहेको टुल क्लिक गरेर ‘Create a new form’ सेलेक्ट गर्नुहोस् ।
‘Add on question’ मा क्लिक गरेर फर्म बनाउन सक्नुहुन्छ ।