काठमाडौं । साओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । कम्पनीले हालै बनेपा–६ को गोदाम चोक र बालाजु, नयाँँ बसपार्कको बीजी मलमा आफ्नो नयाँँ स्टोर खोलेको हो ।
साओमीले आफ्ना स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य पुरा गर्न नेपालभर नयाँँ र आधुनिक स्टोर खोल्ने योजना बनाएको छ ।
साओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले नयाँँ स्टोरहरु खुलेपछि ग्राहकलाई किनमेल गर्न अझ धेरै सजिलो हुने र यसबाट सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पुरा हुने बताए ।
‘हामीलाई आशा छ हाम्रा ग्राहक हाम्रो यी नयाँँ स्टोरमा आउनुहुनेछ र हाम्रो नयाँँ–नयाँँ उत्पादन मन पराउनुहुनेछ,’ उनले भने ।