काठमाडौं । छोटो समयमा नै देशभर इन्टरनेट सेवा विस्तारमा अग्रसर भएको डिशहोम फाइबरनेटले सस्तो प्याकेज सार्वजनिक गरेको छ । कम्पनीले सस्तो मूल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्ने उद्देश्य अनुरूप यो नयाँ प्याकेज अफरको रुपमा ल्याएको हो ।
अफरमा कम्पनीले मासिक ८९९ रुपैयाँमै १०० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउनेछ । डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरू मार्फत बजारमा आक्रामक उपस्थिति जनाइरहेको छ ।
नयाँ अफर अन्तर्गत ८९९ रुपैयाँमा एक महिना, दुई हजार ६९७ रुपैयाँमा तीन महिना, पाँच हजार ३९४ रुपैयाँमा छ महिना र दश हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइन सकिनेछ ।
यसमा पाँच गिगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुनेछ । नजिकैको डिशहोम डिलर दाइलाई सम्पर्क गरेर तथा पैसा नलाग्ने टल फ्री नम्बरमा फोन गरी गरी इन्टरनेट जडानका लागि अनुरोध गर्न सकिनेछ ।