काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ई-सेवाले बिहीबार अर्थात भोलि माघ ११ गते आफ्नो स्थापनाको १३ वर्ष पुरा गरी १४ औँ वर्षमा प्रवेश गर्दैछ । यसै वर्षमा कम्पनीले विभिन्न अफर सार्वजनिक गरेको छ ।
अफर अन्तर्गत सुरुमा रजिस्ट्रेसन गर्ने १३०१३ ग्राहकले १३० रुपैयाँ बोनस पाउनेछन् भने सबैखाले भुक्तानीमा सुरुवाती एक हजार ग्राहकले १३ प्रतिशत क्याश ब्याक (अधिकतम १३० रुपैयाँ) र अकाउन्ट लिङ्क गर्दा १३० रुपैयाँ बोनस पाउनेछन् । क्याश ब्याक प्राप्त गर्न ’13YEARS’ प्रोमो कोड राख्नुपर्नेछ भने नयाँ रजिस्ट्रेसनमा ‘CELEBRATE’ प्रोमोकोड प्रयोग गर्नुपर्नेछ ।
तर अकाउन्ट लिङ्क गर्ने ग्राहकहरूले भने कुनै पनि प्रोमोकोड प्रयोग गर्नु नपर्ने र सबै ग्राहकले उक्त बोनस प्राप्त गर्नेछन् । यो अफर सोमबार राति १२ः०० बजेदेखि मङ्गलबार राति १२ बजेसम्म लागू हुनेछ ।