close

अब आईप्याडमा पनि ह्वाट्सएप चलाउन पाइने

टेकपाना टेकपाना

माघ १५, २०७८ १५:८

अब आईप्याडमा पनि ह्वाट्सएप चलाउन पाइने

काठमाडौं । धेरै प्रयोगकर्ताको लामो समयदेखिको पर्खाइ अब सकिने भएको छ । आईप्याडका लागि भनेर ह्वाट्सएपको छुट्टै एप आउने भएको छ । कम्पनीले यसका लागि काम गरिरहेको खबर द भर्जले प्रकाशन गरेकाे छ ।

धेरै प्रयोगकर्ताले एप्पलको ट्याब्लेट ‘आईप्याड’ मा ह्वाट्सएप प्रयोग गर्न नपाएकोमा गुनासो गर्दै आएका थिए । अब भने कम्पनीले आईप्याडको लागि लाई ह्वाट्सएपको एप चाँडै नै सार्वजनिक गर्ने भएकाे छ ।

व्यवसायिक कामका लागि पछिल्लो समय ह्वाट्सएप निकै नै प्रयोगमा आएको छ । यसले गर्दा पनि आईप्याडमा याे एपको माग बढेको हो ।

हुन त कम्पनीले एकभन्दा बढी डिभाइसमा ह्वाट्सएप प्रयोग गर्न मिल्ने फिचर पनि ल्याएको छ । ब्राउजरबाट पनि ह्वाट्सएप प्रयोग गर्न सकिन्छ । तर प्रयोगकर्ताको लागि यो त्यति सहज छैन ।

यदि प्रयोगकर्ताको मोबाइलमा इन्टरनेट भएन भने डेस्कटपमा पनि ह्वाट्सएप नचल्ने लगायतका अन्य समस्या अझै यथावत् नै छन् । यसका लागि पनि आईप्याड अथवा ट्याब्लेटमा छुट्टै प्रयोग गर्न मिल्ने गरी ह्वाट्सएपको एपको माग भइरहेको थियो ।

कम्पनीले आवश्यक काम सकेर चाँडै नै आईप्याड भर्सनको एप पनि सार्वजनिक गर्ने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५