close

वर्ल्डलिङ्कले खरिद गर्‍यो पब्जी टिम डेडआइज गाइज, अन्य टिम र स्ट्रिमरमा टाइटल स्पोन्सर

टेकपाना टेकपाना

माघ १६, २०७८ १८:२

वर्ल्डलिङ्कले खरिद गर्‍यो पब्जी टिम डेडआइज गाइज, अन्य टिम र स्ट्रिमरमा टाइटल स्पोन्सर

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले पब्जी टिम डेडआइज गाइजलाई ‘अक्वायर’ (खरिद) गरेको छ । कम्पनीले नेपालमा पछिल्लो समय लोकप्रिय बन्दै गएका ई-स्पोर्ट्स र स्ट्रिमिङ क्षेत्रको ध्यान आफूतिर खिच्न टिम अक्वायर र टाइटल स्पोन्सर गर्न थालेको हो ।

हालै भएको पब्जी मोबाइल ग्लोबल च्याम्पियन्शिप (पीएमजीसी) मा नेपालको तर्फबाट सहभागी भएको डेडआइज गाइजको सम्पूर्ण खर्च वर्ल्डलिङ्कले ब्यहोर्ने । साथै टिमको टाइटल स्पोन्सरको रुपमा समेत वर्ल्डलिङ्क नै रहने बताइएको छ ।

यति मात्र होइन, कम्पनीले अर्को ई-स्पोर्ट्स टिम एलिमेन्ट्रिक्स टिम र गेमिङमा लोकप्रिय स्ट्रिमर सीआर सेभेन (होरा) लाई समेत टाइटल स्पोन्सर गरेको छ । तीन ओटै लाई कम्पनीले आफ्नो इन्टरनेट सेवा समेत निःशुल्क रुपमा उपलब्ध गराउनेछ ।

त्यस्तै वर्ल्डलिङ्कले गेमिङ स्ट्रिमर फोरके गेमिङ र मिस्टर फुडी प्लेइज लगायत अन्य स्ट्रिमरलाई समेत स्पोन्सर गरेको छ । कम्पनीले आगामी दिनमा अन्तर्राष्ट्रियस्तरका ई-स्पोर्ट्स प्रतियोगितालाई समेत स्पोन्सर गर्ने बताएको छ ।

यद्यपि डेडआइज गाइज टिम अक्वायर र स्पोन्सरशिपको रकमको विषयमा भने विस्तृत जानकारी खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५