close

नयाँ स्वरूपमा आयो ‘मोरु’ वालेट

टेकपाना टेकपाना

माघ १७, २०७८ २०:१२

नयाँ स्वरूपमा आयो ‘मोरु’ वालेट

काठमाडौं । डिजिटल वालेट ‘मोरु’ नयाँ स्वरूपमा प्रस्तुत भएको छ । मोरुको नयाँ युजर इन्टरफेस थप सुरक्षित र उत्कृष्ट भएको कम्पनीले बताएको छ । यसले प्रयोगकर्तालाई थप सुविधा र सुरक्षाका साथ सहज भुक्तानी र रकम ट्रान्सफर गर्न मद्दत गर्ने कम्पनीको दाबी छ ।

साथै कम्पनीले एपको डिजाइन र आइकनहरूमा पनि परिवर्तन ल्याएको छ । नयाँ अपडेटसँगै मोरुले आफ्नो मोबाइल एपमा बायोमेट्रिक लगईनको पनि सुविधा उपलब्ध गराएको छ ।

अब फिङ्गर प्रिन्ट प्रयोग गरेर प्रयोगकर्ताले सहजै आफ्नो मोरु खातामा लगइन गर्न सक्नेछन् । त्यसैगरी कम्पनीले नयाँ क्याटेगोरीहरूको विभिन्न सेक्सन थप गरेको छ ।

त्यस्तै कम्पनीले दिइरहेको विभिन्न अफरहरू थाहा पाउन एउटा छुट्टै सेक्सन पनि छ । जहाँ प्रयोगकर्ताले उपलब्ध गराएको विभिन्न अफर लगायतको सूचना पाउन सकिन्छ ।

रकम पठाउनु परेको खण्डमा अब कुनै अप्सनमा गएर क्लिक गरिरहन पर्दैन । प्रयोगकर्ताले सिधै एप खोलेर दायाँ अथवा बायाँ स्वाइप गर्ने बित्तिकै रकम पठाउने स्क्रिन खुल्छ र प्रयोगकर्ताले सहजै रकम पठाउन सक्छन् ।

त्यसैगरी यो नयाँ अपडेट पहिलेभन्दा थप सुरक्षित भएका कारण प्रयोगकर्ताको कारोबार पारदर्शी र सुरक्षित हुने कम्पनीले बताएको छ ।

योसँगै एपमा स्प्ल्यास स्क्रिन, नयाँ थिम र डिजाइन, क्विक अमाउन्ट लोड, नयाँ कन्ट्याक्टहरू हेर्ने अप्सन, न्यु सेटिङ पेज लगायत अन्य नयाँ सेवाहरू थप गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५