काठमाडौं । गुगलले ‘गुगल वान भीपीएन’ सर्भिस आईओएसमा समेत उपलब्ध गराएको छ । यसअघि याे सेवा एन्ड्रोइड प्रयोगकर्तामाझ मात्रै उपलब्ध थियो, जुन गुगल वानका प्रिमियम सब्स्क्राइबरले प्रयोग गर्दै आएका थिए ।
तर, अब भने आईओएस प्रयोगकर्ताले पनि गुगल वानको प्रिमियम सब्स्क्रिप्सनमा यो सेवा प्राप्त गर्नेछन् । आईओएसका प्रयोगकर्तालाई यो फिचर उपलब्ध भएता पनि केही फरक भने हुने जनाइएको छ ।
कम्पनीले आईओएसमा यो सर्भिस उपलब्ध गराएसँगै भीपीएनमा थप १० देश जाेडिएका छन् । यो सँगै कूल १८ देशमा गुगल वान भीपीएन उपलब्ध हुनेछ ।
जसमा अस्ट्रेलिया, बेल्जियम, डेनमार्क, फिनल्याण्ड, आईसल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन लगायतका १८ देश रहेका छन् ।