close

जीमेलमा नयाँ इन्टरफेस, अब छुट्दैनन् महत्वपूर्ण सन्देश

टेकपाना टेकपाना

माघ १९, २०७८ १६:२६

जीमेलमा नयाँ इन्टरफेस, अब छुट्दैनन् महत्वपूर्ण सन्देश

काठमाडौं । गुगलले ल्यापटप तथा डेस्कटपका लागि जीमेलमा नयाँ युजर इन्टरफेस ल्याउने भएको छ । कम्पनीले आगामी फेब्रुअरी ८ देखि सबै प्रयोगकर्ताका लागि नयाँ युजर इन्टरफेस ल्याउन लागेको हो ।

इन्टरफेस जारी भएसँगै प्रयोगकर्ताले नयाँ यूआईमा स्विच गर्न आफ्नो इनबक्सको तल्लो कुनामा एउटा पप-अप देख्न सक्नेछन् । यससँगै ल्यापटप तथा डेस्कटप कम्प्युटरमा ईमेल चेक गर्न धेरै समय खर्चिन नपर्ने भएको छ ।

यो नयाँ यूआईले मेल, च्याट, स्पेस र मिटिङलाई इनबक्सको बायाँपट्टि सजिलै फेला पार्न सकिने गरी अलग-अलग ट्याबमा विभाजित गर्छ ।

हालको यूआईमा यी सबै काेलममा देखिन्छन्, जसले गर्दा कतिपय अतिआवश्यक मेलहरू पनि छुटिरहका हुन्छन् । गुगलले अघिल्लो अप्रिलमा जीमेल अपडेट अन्तर्गत च्याट, स्पेस र मिट सेक्सन प्रस्तुत गरेको थियो ।

नयाँ यूआई आगामी अप्रिलबाट भने सबैका लागि स्वतः उपलब्ध हुनेछ र पुरानो इन्टरफेस हट्नेछ । जसले इनबक्सको दायाँ छेउमा गुगल च्याट गर्न मन पराउनेलाई भने केही हदसम्म निराश पनि गर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५