close

नेपाल बाहेक विश्वका कुन कुन देशमा प्रतिबन्धित छ क्रिप्टोकरेन्सी ?

टेकपाना टेकपाना

माघ १९, २०७८ १८:६

नेपाल बाहेक विश्वका कुन कुन देशमा प्रतिबन्धित छ क्रिप्टोकरेन्सी ?

काठमाडौं । सन् २००९ मा कारोबारलाई डिजिटाइज गर्ने उद्देश्यका साथ बिटक्वाइन सुरु भएको थियो । जतिबेला यसको सुरुवात भएको थियो, त्यसबेला यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय सबै देशको थियो ।

यससँग सम्बन्धित कुनै कानूनी व्यवस्था नहुँदा प्रयोगकर्ता पनि यसलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने अन्याैलमै थिए । अझै पनि धेरै देशको अवस्था त्यस्तै छ ।

तपाईं कुन देशमा बस्दै हुनुहुन्छ भन्ने विषयले क्रिप्टोकरेन्सीमा कारोबार गर्न हुन्छ/हुँदैन भन्ने निर्धारण हुने अवस्था छ । आज हामी कुन देशमा क्रिप्टोकरेन्सी फुकुवा वा प्रतिबन्धित छ भन्ने विषयमा जानकारी दिँदैछौ ।

बिटक्वाइनलाई मान्यता दिने देश

बिटक्वाइन विश्वमा रहेको जुनसुकै अकाउन्टमा बिना कुनै जानकारी कारोबार गर्न सकिन्छ । यो विषय धेरै देशका लागि चिन्ताको विषय बनेकाे छ ।

यस्तोमा कतिपय देशले यसलाई मान्यता दिएका छैनन् । भने, कतिपय देशले बिटक्वाइनलाई मान्यता दिँदै कानूनी व्यवस्था नै गरिसकेका छन् ।

यसै विषयलाई लिएर हालै ‘लाइब्रेरी अफ कंग्रेस’ ले कुन देशमा बिटक्वाइनलाई मान्यता दिइएको छ, कुन देशमा कस्तो खालको तयारी छ भन्ने विषयमा अध्ययन गरेको थियो ।

त्यसैका आधारमा हेर्ने हो भने हालसम्म अमेरिका, युरोपियन युनियन, क्यानडा, अस्ट्रेलिया, इएल स्लाभाडरले बिटक्वाइनलाई मान्यता दिएका छन् ।

त्यसमध्ये इएल स्लाभाडर मात्रै त्यस्तो एउटा देश हो, जसले कानूनीरूपमै देशमा हुने हरेक कारोबारमा बिटक्वाइनलाई मान्यता दिने निर्णय गरेको छ

त्यस्तै डेनमार्क, फ्रान्स, जर्मनी, आइसल्याण्ड, जापान, मेक्सिको, स्पेन र यूकेले समेत बिटक्वाइनलाई मान्यता दिएका छन् ।

बिटक्वाइनमाथि प्रतिबन्ध लगाइएका देश

विश्वका धेरै देशले बिटक्वाइनलाई मान्यता दिँदै गर्दा कतिपय देशले भने यसलाई प्रतिबन्ध नै लगाएका छन् । देशको आर्थिक व्यवस्थामै असर पर्नेभन्दै बिटक्वाइनलाई प्रतिबन्ध लगाइएको छ ।

त्यतिमात्रै नभएर यसले अवैध कारोबारलाई प्रोत्साहन गर्ने, ड्रग ट्राफिकिङ, मनि लन्ड्रिङ, आतंकवाद जस्ता गतिविधि बढ्ने भन्दै बिटक्वाइनलाई प्रतिबन्ध गरिएको छ ।

प्रतिबन्ध गर्दा कतिपयले पूर्णरुपमा र कतिपयले आंशिक रूपमा प्रतिबन्ध लगाएका छन् ।

आंशिक रूपमा प्रतिबन्ध लगाउने देशमा बहराइन, बुरुण्डी, क्यामरुन, सेन्ट्रल अफ्रिका रिपब्लिक, गाबोन, जर्जिया, गुआना, कुवेत, लेसोथो, लिबिया, मकाओ, माल्दिभ्स, भियतनाम र जिम्बावे रहेका छन् ।

यस्तै पूर्णरुपमा प्रतिबन्ध लगाउने देशमा नेपालसहित अल्जेरिया, बङ्गलादेश, चीन, इजिप्ट, इराक, मोरक्को, कतार र ट्युनिसिया रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५