काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भोलि (शनिबार) आफ्नो १८औं वार्षिकोत्स्व मनाउँदै छ । यस अवसरमा कम्पनीले २४सैं घण्टा भोएलटीई कल फ्री को अफर ल्याएको छ ।
एक दिनका लागि मात्र लागू हुने यो अफर प्रयोग गर्दा कुनै चार्ज नलाग्ने कम्पनीले जनाएको छ ।
यो सेवा एक्टिभेट गर्न आफ्नो मोबाइलबाट *४४४# डायल गर्नुपर्ने कम्पनीले जनाएको छ । साथै सेवा प्रयोग गर्न सिम र मोबाइल सेट दुवैले भीओएलटीई सपोर्ट गर्ने हुनुपर्छ ।
निःशुल्क कल सुविधा नेपाल टेलिकमको नेटवर्कभित्र गरने कलमा मात्र लागू हुने जनाइएको छ ।
साथै कम्पनीले वार्षिकोत्सवलाई लक्षित गरी डेटा प्याक अफर पनि ल्याएको छ ।