close

त्रिविको बीएस्सीमा भर्ना खुल्दै, अनलाइनबाट मात्र आवेदन दिन सकिने

टेकपाना टेकपाना

माघ २१, २०७८ ७:२४

त्रिविको बीएस्सीमा भर्ना खुल्दै, अनलाइनबाट मात्र आवेदन दिन सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूमा वार्षिक परीक्षा प्रणाली अनुसार पठनपाठन हुने विज्ञानतर्फ चार वर्षे स्नातक तह (बिएस्सी) का लागि भर्ना प्रक्रिया सुरू हुने भएको छ ।

हालै त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानले एक सूचना जारी गर्दै इच्छुक विद्यार्थीका लागि प्रवेश परिक्षा कार्यक्रम प्रकाशित गरेको छ ।

आवेदन फाराम अनलाइनबाट आउँदो आइतबार विहान १० बजेदेखि भर्न सकिनेछ । भर्ना कार्यक्रम र अन्य विस्तृत जानकारी यो वेबसाइटबाट हेर्न र डाउनलोड गर्न सकिनेछ ।

संस्थानका अनुसार विद्यार्थीले फारम अनलाइन माध्यमबाट मात्र भर्नुपर्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५