close

वर्ल्ड भ्लग च्यालेन्ज : उत्कृष्ट भिडिओले ६० लाख पाउने, मंगलबारदेखि भोटिङ खुला

टेकपाना टेकपाना

माघ २१, २०७८ १९:४६

वर्ल्ड भ्लग च्यालेन्ज : उत्कृष्ट भिडिओले ६० लाख पाउने, मंगलबारदेखि भोटिङ खुला

काठमाडौं । जलवायु परिवर्तनले नेपालको हिमाली क्षेत्रमा पारेको असर न्यूनीकरणका लागि विश्व समुदायको ध्यान आर्कषित गर्न नेपालमा आयोजना गरिएको ‘वर्ल्ड भल्ग च्यालेन्ज’ अन्तर्गत विश्वका चर्चित भल्गरहरूले तयार पारेका भिडिओहरू सार्वजनिक गरिएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजनामा कात्तिक ३ देखि ११ गतेसम्म विभिन्न देशका ११ जना भ्लगरहरूले खुम्बु क्षेत्र र सगरमाथा आधार शिविर पुगेर भिडिओ तयार पारेका थिए ।

आयोजकका अनुसार प्रदर्शन गरिएका भ्लगहरूमध्ये उत्कृष्ट तीनलाई नगद पुरस्कार प्रदान गरिने छ ।

मंगलबारबाट सुरु हुने पब्लिक भोटिङमार्फत उत्कृष्ट पाँचवटा भ्लग छानिएर उत्कृष्ट तीनमा पहिलो हुनेले ५० हजार अमेरिकी डलर (करिब ६० लाख रुपैयाँ), दोस्रोले ३० हजार डलर (करिब २६ लाख रुपैयाँ ) र तेस्रोले २० हजार डलर (करिब २४ लाख रुपैयाँ) प्रदान गर्ने आयोजकले जानकारी दिएको छ ।

यो प्रतियोगितामा नेपालसहित भारत, कोलम्बिया, फिलिपिन्स, थाइल्यान्ड र अमेरिकाका भ्लगरहरू सहभागी भएका थिए । वर्ल्ड भ्लग च्यालेन्जको फेसबुक पेजमा गएर सार्वजनिक भएका भिडिओ हेर्न र भोट गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५