काठमाडौं । न्यु वर्क टाइम्सले संकेत गरेअनुसार निकट भविष्यमा यो गेम सशुल्क हुनसक्ने अनुमान गरिएको छ । न्यु वर्क टाइम्सले वर्डल (Wordle) खरिद गरेसँगै अब भने यसको निःशुल्क भर्सन सीमित गर्ने संकेत कम्पनीले गरेको हो ।
न्यु योर्क टाइम्स वेबसाइटमा पोस्ट गरिएको एक बयानमा, कम्पनीले सो गेम सुरुमा नयाँ र पुराना प्लेयरलाई निःशुल्क रहने कुरा बताएको छ । वर्डल गेममा एक दिनमा खेलाडीले पाँच अक्षरको शब्द अनुमान गर्नुपर्ने हुन्छ, जसका लागि छ ओटा मौका पाउँछन् ।
वर्डल ५/६ वर्गको ग्रिड हो । प्रत्येक तेर्छो लाइनमा तपाईँलाई त्यस दिन मिलाउनु पर्ने शब्द अन्दाज गर्न सजिलो बनाइदिने सहारा (हिन्ट) दिन्छ । पाँच अक्षरका यी शब्द तपाईँले आफै यही हिन्टको आधारमा मिलाउनु पर्ने हुन्छ ।
तपाईँले प्रत्येक तेर्छो लाइनमा एकएक शब्द चयन गर्नुपर्ने हुन्छ । ती शब्दमा भएका अक्षर यदि मिलाउनु पर्ने शब्दसँग मेल खान्छ र हुनु पर्ने स्थानमै छ भने अक्षरको रङ्ग हरियो हुन्छ ।
यदि अक्षर सही छ, तर गलत ठाउँमा भने त्यसको रङ्ग पहेँलो हुन्छ । त्यस्तै थाहा पाउनु पर्ने शब्दमा त्यो अक्षर छैन भने अक्षरको रङ्ग गाढा खैरो हुन्छ । यी हिन्टको सहायताले तपाईँले थोरै प्रयासमा पजल मिलाउनुपर्ने शब्द थाहा पाउनु पर्ने हुन्छ ।
निकट भबिष्यमा कम्पनीले यो गेम सशुल्क बनाए पनि हामी तपाईँलाई कम्प्युटर र स्मार्टफोनमा वर्डल डाउनलोड गरेर नि:शुल्क कसरी खेल्ने भन्ने बारेमा बताउँदै छौँ ।
कम्प्युटरमा यसरी डाउनलोड गर्नुहोस् वर्डल गेम :
१. तपाईँको वेब ब्राउजरबाट अङ्ग्रेजीमा (Wordle) सर्च गरेर वेबसाइटमा जानुहोस् अथवा यहाँ क्लिक गर्नुहोस्।
२. माउसलाई कुनै स्थानमा राखेर राइट क्लिक गरी सेभ गर्नुहोस् ।
३. तपाईँले प्रयोग गरिरहेको वेब ब्राउजरको आधारमा यसले सेभ एज क्रोम (Chrome) वा सेभ एज सफारी (Safari) देखाउन सक्छ । यसले वर्डल वेबपेजलाई एचटीएमएल फाइलको रूपमा डाउनलोड गर्छ ।
४. डाउनलोड गरिएको एचटीएमएल फाइलमा क्लिक गर्नुहोस् । तपाईं अफलाइन हुँदा पनि यसमा एक्सेस पाउन सक्नुहुन्छ । यद्यपि, यसले तपाईँको अघिल्लो स्ट्रिकहरू इम्पोर्ट नगर्ने हुँदा तपाईँले पहिलो पटक नै खेलेको बुझिन्छ।
स्मार्टफोनमा के गर्ने ?
१. एन्ड्रोइड स्मार्टफोनमा पनि कम्प्युटरमा जस्तै वेबपेज डाउनलोड गर्न सकिन्छ । डाउनलोड प्रक्रिया वेब ब्राउजर अनुसार फरक हुन सक्छ।