काठमाडौं । गुगलले सन् २०१४ पछि पहिलो पटक क्रोमको लोगो परिवर्तन गर्दैछ । झट्ट हेर्दा उस्तै लागे पनि निकै ध्यानपूर्वक हेर्ने हो भने क्रोमको नयाँ लोगोमा केही परिवर्तन देख्न सकिन्छ ।
गुगल क्रोमका डिजाइनर इल्भिन हुले आफ्नो ट्वीटरमा एउटा थ्रेड प्रस्तुत गर्दै लोगोको रिडिजाइनका केही झलक प्रस्तुत गरेका छन् ।
अहिले डिजाइन भइरहेको लोगोको रंग पहिलेको भन्दा थप गाढा देख्न सकिन्छ । त्यसैगरी गुगलको लोगोको बीचमा भएको निलो रंगको गोलो पहिलेको भन्दा थोरै ठूलो पनि भएको हुको ट्वीटमा देख्न सकिन्छ ।
यही फाइनल लोगो भने होइन । यसमा थप काम भइरहेको हुले बताएका छन् ।
साथै अबदेखि फरक-फरक सिस्टममा क्रोमको लोगो फरक फरक देखिन सक्छ । जस्तो कि क्रोम अपरेटिङ सिस्टम नै भएको डिभाइसमा यो अलिक रंगिन देखिनेछ भने म्याकओएसमा यो लोगो थोरै छायाँ परेको जस्तो देखिनेछ ।
साथै बेटा भर्सन र डेभलपर भर्सनको लागि पनि फरक फरक लोगो हुनेछ ।
सन् २००८ देखि आजसम्म आइपुग्दा क्रोमको लोगो थप सामान्य हुँदै गएको छ । सन् २००८ पछि क्रोमको लोगो २०११ र २०१४ मा परिवर्तन भएको थियो ।