काठमाडौं । चिनियाँ सिसिटिभी ब्राण्ड हाइकभिजनको नेपालस्थित आधिकारिक वितरकमा भत्सल इम्पेक्स नियुक्त भएको छ ।
यसअघि नियो स्फेयर्स (नियो स्टोर) लगायतका चार कम्पनीले पनि यो ब्राण्डका उत्पादन आधिकारिक रुपमा नेपाली बजारमा भित्र्याइसकेका छन् ।
यस्तोमा थप बजार विस्तार गर्ने योजनाका साथ भत्सल इम्पेक्स आधिकारिक वितरकको रूपमा नियुक्त भएको हो ।
नेपालमा पछिल्लो समय सिसिटिभीको प्रयोग बढ्दै गएको छ । कुनै कार्यालय तथा घरमा सुरक्षा गार्ड राख्नुभन्दा सिसिटिभी राख्नु आर्थिक हिसाबले पनि प्रभावकारी हुने हुँदा यसको माग बढिरहेको छ ।
यस्तोमा नेपालमा स्थापित सिसिटिभी ब्राण्डलाई अझ प्रभावकारी रुपले बजार विस्तार गर्न योजनावद्ध रुपले काम गर्ने भत्सल इम्पेक्सका निर्देशक नितेश मुन्द्राले बताए ।