close

लाइभ भिडिओ शपिङ सुरु गर्दै नियो स्टोर, ढुक्कसँग अनलाइन अर्डर गर्न सकिने

टेकपाना टेकपाना

माघ २५, २०७८ १४:१०

लाइभ भिडिओ शपिङ सुरु गर्दै नियो स्टोर, ढुक्कसँग अनलाइन अर्डर गर्न सकिने

काठमाडौं । ग्याजेट तथा इलेक्ट्रोनिक सामग्रीका लागि लोकप्रिय नियो स्टोरले लाइभ भिडिओ शपिङ सेवा सुरु गर्ने भएको छ । कम्पनीले इनशप भीसी सफ्टवेयर टुल प्रयोग गरी अबको केही सातामा यस्तो सुविधा ल्याउने भएको हो ।

नेपालमै पहिलो पटक प्रयोगमा आउन लागेको यो प्रविधिमा ग्राहकले नियो स्टोरको वेबसाइटमा गएर अपोइन्टमेन्ट अर्थात स्टोरको समय बुक गर्नुपर्ने हुन्छ । त्यसपछि निर्धारित समयमा ग्राहकले भिडिओ कलमार्फत नियो स्टोरमा उपलब्ध इलेक्ट्रोनिक सामग्री तथा विभिन्न ग्याजेटहरू हेर्नै तथा राम्रोसँग बुझ्न पाउनेछन् ।

यसरी भिडिओ कलमार्फत प्रत्यक्ष रुपमा सामान हेरेर अर्डर गर्न सकिने र त्यसरी गरेको अर्डर घरमै डेलिभरी हुनेछ । त्यसो त नियो स्टोरले यस अघि नै अनलाइन डेलिभरी सेवा सञ्चालनमा ल्याइसकेको छ ।

अनलाइन शपिङको अभ्यासलाई नयाँ स्तरमा लैजान यो नयाँ प्रविधि प्रयोग गर्न लागिएको नियो स्टोरले जनाएको छ । अबको केही साताभित्र नियो स्टोरले लाइभ भिडिओ शपिङ सेवा सञ्चालनमा ल्याउने बताइएको छ । 

नियो स्टोरका जावलाखेल, माइतिघर, न्युरोड र चुच्चेपाटीमा गरी चार ओटा स्टोर सञ्चालनमा छन् । देशभर जताबाट पनि नियो स्टोरबाट अनलाइन अर्डर गर्न सकिने सुविधा छ । नियो स्टोरमा मात्र नभएर यो सफ्टवेयर एपीआई नियोटेरिकले अन्य व्यापार व्यवसाय तथा कम्पनीहरूलाई समेत बिक्री गर्नेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२