close

आजदेखि जिमेलको लेआउट परिवर्तन हुँदै

टेकपाना टेकपाना

माघ २५, २०७८ १९:४

आजदेखि जिमेलको लेआउट परिवर्तन हुँदै

काठमाडौं । आजदेखि जिमेलको नयाँ लेआउट परीक्षण सुरु हुने भएको छ । नयाँ लेआउटले प्रयोगकर्तालाई जिमेल प्रयोग गर्न सजिलो बनाउने बताइएको छ । यसअन्तर्गत प्रयोगकर्तालाई एउटै प्लेटफर्ममा मेल, च्याट, स्पेस र मिटको अप्सन दिइनेछ ।

कम्पनीले पहिलो चरणमा गुगल वर्कस्पेस बिजनेस स्टार्टर, बिजनेस स्ट्यान्डर्ड, बिजनेस प्लस, इन्टरप्राइज एसेन्सियल, इन्टरप्राइज स्ट्यान्डर्ड, इन्टरप्राइज प्लस, एजुकेशन फन्डामेन्टल्स, एजुकेशन प्लस लगायत प्रयाेगकर्ताका लागि उपलब्ध गराउनेछ ।

नयाँ यूआई आगामी अप्रिलबाट भने सबैका लागि स्वतः उपलब्ध हुने र पुरानो इन्टरफेस हट्ने जनाइएकाे छ ।

इन्टरफेस जारी भएसँगै प्रयोगकर्ताले नयाँ यूआईमा स्विच गर्न आफ्नो इनबक्सको तल्लो कुनामा एउटा पप-अप देख्न सक्नेछन् । यससँगै ल्यापटप तथा डेस्कटप कम्प्युटरमा ईमेल चेक गर्न धेरै समय खर्चिन नपर्ने भएको छ ।

यो नयाँ यूआईले मेल, च्याट, स्पेस र मिटिङलाई इनबक्सको बायाँपट्टि सजिलै फेला पार्न सकिने गरी अलग-अलग ट्याबमा विभाजित गर्छ ।

हालको यूआईमा यी सबै काेलममा देखिन्छन्, जसले गर्दा कतिपय अतिआवश्यक मेलहरू पनि छुटिरहका हुन्छन् । गुगलले अघिल्लो अप्रिलमा जिमेल अपडेट अन्तर्गत च्याट, स्पेस र मिट सेक्सन प्रस्तुत गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२