close

फरारी र क्वालकमको सहकार्यमा अब स्मार्ट कार

टेकपाना टेकपाना

माघ २७, २०७८ १२:३१

फरारी र क्वालकमको सहकार्यमा अब स्मार्ट कार

काठमाडौं । अमेरिकी चिपसेट निर्माता कम्पनी क्वालकमले फरारीसँग सहकार्य गरेको छ । स्ट्राटेजीक पार्टनरको रुपमा फरारीसँग काम गर्ने गरी दुई कम्पनीबीच सम्झौता भएको हो । यो सँगै फरारीका अब आउने कारमा क्वालकमको नयाँ अटोमोटिभ प्रविधिको प्रयोग हुने भएका छन् ।

विशेष गरी फरारीले निर्माण गर्ने स्मार्ट कारमा क्वालमको स्न्यापड्रयागन डिजिटल च्यासिस प्रयोग गरिने जनाइएको छ । हुन त हालसम्म क्वालकमका कुन कुन प्रविधि फरारीका कारमा प्रयोग हुनेछ भन्ने विषय खुलाइएको छैन् । साथै फरारीले कुन मोडलमार्फत क्वालकमका प्रविधि प्रयोगमा ल्याउने भन्ने विषयमा पनि उल्लेख गरिएको छैन् ।

तर, क्वालकमले डिजिटल च्यासिस तथा अटोमोटिभका लागि आवश्यक चीपका साथै विभिन्न सोलुसन उपलब्ध गराउँदै आएको छ । जसमा स्न्यापड्रयागन राइड, स्न्यापड्रयागन ककपिट, स्न्यापड्रयागन अटो कनेक्टिभिटी जस्ता धेरै सोलुसन रहेका छन् ।

यसका साथै सम्झौता अनुसार क्वालकमले फरारीका लागि छुट्टै डिजिटल ककपिटको डिजाइन, निर्माण र जडानको काम समेत गर्नेछ । भने, फरकारीका कारमा क्वालकमको लोगो समेत राखिने जनाइएको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२