काठमाडौं । एप्पलले आईफोन र आईप्याड प्रयोगकर्ताका लागि आईओएस १५.३.१ र आईप्याडओएस १५.३.१ सार्वजनिक गरेको छ । पुराना सुरक्षा कमजोरीलाई समाधान गरेर यो नयाँ अपडेट सार्वजनिक गरिएको एप्पलले जनाएको छ ।
आईओएस १५.३ प्रयोग गरिरहेका प्रयोगकर्ताले यो नयाँ अपडेट लागि सेटिङमा गएर जेनरल अप्सन अन्तर्गत रहेको सफ्टवेयर अपडेटमा क्लिक गरेर प्रयोग गर्न सक्नेछन् ।
तर यदि तपाईंले आईओएस १५.४ को बेटा भर्सन प्रयोग गरिरहनु भएको छ भने तपाईंले यो अपडेट पाउनुहुने छैन । एप्पलले यो भर्सनमा नयाँ सेक्युरिटी अपडेटहरू उपलब्ध गराएको बताएको छ ।
यो अपडेट आ’ईफोन ६एस’ पछि आएका सबै आईफोनमा उपलब्ध हुनेछ भने आईप्याड ‘एअर २’ पछिका सबै उत्पादन, आईप्याडको पाँचौं जेनेरेशन पछिको सबै उत्पादन, आईप्याड मिनी ४ पछिका सबै उत्पादन र आईप्याड टचको सातौं जेनेरेशनमा उपलब्ध हुनेछ ।
एप्पलले गत वर्ष मात्रै थुप्रै नयाँ फिचर सहित आईओएस १५.३ सार्वजनिक गरेको थियो । यद्यपि यो नयाँ भर्सनले धेरै बगको सामाना गर्नुपरेको थियो ।
यसले गर्दा नयाँ भर्सनको धेरै आलोचना पनि भइरहेको थियो । यही बगहरूलाई फिक्स गर्दै नयाँ सुरक्षा अपडेट सहित एप्पलले १५.३.१ सार्वजनिक गरेको हो । योसँगै कम्पनीले एप्पल वाचका लागि वाचओएस ८.४.२ र म्याकओएस मोन्ट्रे १२.२.१ को पनि नयाँ अपडेट सार्वजनिक गरेको छ ।